भारतीय उद्योगीलाई नेपालमा लगानी गर्न देउवाको आग्रह « Khabarhub

भारतीय उद्योगीलाई नेपालमा लगानी गर्न देउवाको आग्रह


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगागी गर्न आग्रह गरेका छन् ।

शनिबार नयाँ दिल्लीमा कन्फिडरेसन अफ इण्डियन इन्डिष्टिज (सीआईआई) ले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानी गर्ने वातावरण रहेकाले उर्जा,

पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न भारतीय उद्योगीहरूसँग आग्रह गरेका हुन् ।

उनले लगानी भित्र्याउन आवश्यक नीतिगत सहजता प्रदान गर्ने आश्वासन पनि उद्योगीहरूलाई दिएका छन् ।

देउवाले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध विस्तारको प्रचूर सम्भावना रहेकोसमेत बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा उर्जा, पर्यटनलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको बताएका थिए ।

त्यस्तै, सीआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपालमा भारतीय लगानी बढाउन आवश्यक पहलकदमी लिने आश्वासन दिएका थिए ।

कार्यक्रममा नेपाल र भारतका उद्योगीहरू सहभागी भएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ०० बजे

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री