ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङको कानेपोखरी गाँउपालिका–७ मा आइतबार साँझ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१६ का अन्दाजी २९ वर्षीय रूपक श्रेष्ठ रहेका छन् । 

ना ३ ख ६७६ नम्बरको ट्रकले हिजो साँझ साढे ६ बजे श्रेष्ठ सवार प्रदेश १–०२–०४९ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो । 

ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बेलबारी मोरङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : ४० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको