एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष र जिल्ला कमिटीका उपसचिव एमाले प्रवेश   « Khabarhub

एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष र जिल्ला कमिटीका उपसचिव एमाले प्रवेश  


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएका हुन् । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनीहरूले एकीकृत समाजवादी छाडेर एमाले रोजेका हुन् । जिल्ला उपाध्यक्ष खड्गी, अनेरास्ववियु जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेका छन् । 

पार्टी त्याग गर्नेमा उपाध्यक्ष रामकुमार खड्गी अनेरास्ववियु जिल्ला अध्यक्ष नीरज सिंह मात्र नभइ जिल्ला सदस्य इन्ताज मिया, रामकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नरबहादुर विक, मगबुल मियाँ, नारायणी सिंह, मीना सिंह, कमानसिं बुढाथोकी र नरेन्द्र रेउलेसहित रहेका छन् ।

दैलेखमा लामिछाने मगरसहित जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रविन्द्रप्रसाद पाण्डेसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : २३ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको