निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण « Khabarhub

निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । 

आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पष्टीकरण मागेको छ । चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौँ,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव  यज्ञ भट्टराईले भने । 

केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पष्टीकरण सोधिएको उनले बताए । 

कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको  ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै  ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए । 

आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो । 

‘उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबीस घण्टा भित्र स्पष्टीकरण पेश गर्नु भनी भनेका छौं,’ सहसचिव भट्टराईले भने । 

पत्र बुझेको चौबीस घण्टा भित्र स्थापितले स्पष्टीकरण आयोग समक्ष बुझाउनु पर्ने उनले जनाए । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ५१ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन