सलिना बनिन् मिस नेवाः « Khabarhub

सलिना बनिन् मिस नेवाः


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औँ संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना महर्जन यो वर्षको मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन् । 

उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज पहिराइदिएकी थिइन्। सलिनाले उपाधि चुमेसँगै एक लाख रुपियाँ प्राप्त गरेकी छन् भने नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत पनि नियुक्त भएकी छन् ।

उनी प्रतियोगितामा मुख्य निर्णायक एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौँ महानगरपालिकाको मेयर हुनलाई तपाईँमा के के गुण हुनु जरुरी छ रु भन्ने प्रश्नमा सटिक र तार्किक जवाफ दिएर निर्णायकको मन जित्न सफल भएकी थिइन् । 

उनले  काठमाडौँ महानगरपालिकाको मेयर हुन पहिला आफैँ सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनु पर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवर्द्धन गर्नुपर्ने, काठमाडौँलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन्।

प्रतियोगितामा काठमाडौँको ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन् । रोजिन शाक्यको कोरियाग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फस्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा सिर्जना महर्जन युएफओ मिस ट्यालेन्ट, लुमन्ती महर्जन बेस्ट नेपाल भाषा, आस्था श्रेष्ठ सोसल वेलफेयर एम्बेसडर चिफ र अतृशा महर्जन सोसल वेलफेयर एम्बेसडर चिफ फष्ट रनर्सअप, शीला प्रजापति बेस्ट ड्रेस, श्वेच्छा महर्जन मिस पब्लिक च्वाइस, स्नेहा श्रेष्ठ बेस्ट स्माइल र सिर्जुला महर्जन बेस्ट हेयर भएका छन्।

त्यसै गरी किर्तीका दुवाल बेस्ट स्किन, विजेता बज्राचार्य मिस पर्सनालिटी र मिस फोटोजेनिक, स्नेहा श्रेष्ठ मिस डिसिप्लेन, नेहा माली मिस चार्मिङ तथा विशेषता मानन्धर मिस फ्रेण्डसिपको उप-उपाधि विजेता भएका छन्।

पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न प्रतियोगितामा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मूख्य निर्णायक तथा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, पासा पुचः गुठीको युकेका अध्यक्ष ओजेश सिंह, नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गायक प्रवेशमान शाक्य, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य, माँ बंगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स क्लब अफ काठमाडौं एलका डिष्ट्रीक गर्भनर मनीश्री रत्न बज्राचार्य र व्युटिसियन मञ्जु कार्की पाण्डे निर्णायक रहेका थिए।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ०४ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक