अनमोललाई ‘छड्के २’ अफर ? « Khabarhub

अनमोललाई ‘छड्के २’ अफर ?


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ४’ लगत्तै काम गर्ने तय भएको फिल्म ‘हनी बनी’ छाडिसकेका छन् ।

आपसी समझदारीमै प्रोजेक्ट छाडेको भनिएता पनि को–स्टारको कारणले प्रोजेक्टको कुरा गर्दी बढ्न नसकेको बुझिएको छ । अनमोलले प्रोजेक्टको लागि वर्कसप समेत लिइसकेका थिए भने निर्देशक दिवाकर भट्टराईले पनि अनमोलले भूमिका निभाउन सक्ने मिडियामा बताइसकेका थिए । यद्यपि अन्तिम समयमा अनमोलले प्रोजेक्ट छाडे । 

अब अनमोलसँग नयाँ प्रोजेक्ट छैन । होम प्रोडक्सनमै निर्माण हुने भनिएको एन्टी हिरो, पारस र माइतीघर २ पनि तत्काल नबन्ने भएपछि अनमोलले कुन फिल्ममा काम गर्लान् भन्ने चासो दर्शकसँगै फिल्मकर्मीलाई पनि छ । अनमोललाई निर्देशक झरना थापाले  ‘भागवत गीता’ का लागि गरेको अफर स्वीकारेनन् ।

त्यसकारण तेश्रो प्रोजेक्टमा लगातार सहकार्य सम्भव भएन । यसैबीच अनमोललाई निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘छड्के २’ का लागि पनि अफर गरेको चर्चा बढ्दो छ । 

इनिसियल रुपमा बम्पर व्यापार गरेर दर्शकको चर्को आलोचना भोगेको  ‘छड्के’ को सिरिज बनाउने तयारीमा निगम छन् । यसका लागि अनमोललाई उनले अफर गरेपनि अनमोल राजी भैसकेका छैनन् ।

अनमोल केही समय यता आफ्नो अभिनय क्षमता बढाउन मात्र होइन दर्शकलाई देखाउन समेत चाहन्छन् । यद्यपि उनले साइन गरेको फिल्म  ‘धुपौरे’ छाडेका थिए । त्यसपछि अनमोल रेगुलर भन्दा केही फरक फिल्मको खोजीमा छन् । 

कुनै पनि फिल्मको काम सुरु हुनु अघि सबै कुरा नमिलेको खण्डमा उक्त फिल्म छाड्न पछि नपर्ने अनमोलले अब गर्ने फिल्मको छायांकन सुरु नभएसम्म गुपचुप राख्ने मनसाय समेत बनाएको बुझिएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ३८ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया