निःशुल्क आँखा शिविरबाट ३०० लाभाविन्त « Khabarhub

निःशुल्क आँखा शिविरबाट ३०० लाभाविन्त


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट ३०० बढी लाभान्वित बनेका छन् ।

म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सञ्चालित जेसीज सप्ताहको चौथो दिन बुधबार जेसीज पुलाचौरमा शिविर आयोजना गरिएको थियो ।

शिविरमा ३०५ ले आँखा परीक्षण सेवा लिएको म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँले जानकारी दिए । शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँको नेतृत्वको स्वास्थयकर्मीको टोलीले आँखा परीक्षण सेवा दिएको थियो ।

शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि, १०५ जनालाई चस्मा वितरण गरिएको छ । शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए ।

म्याग्दी जेसीजको आयोजना, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाको सह–आयोजनार नेपाल नेत्र ज्योति सङ्घ म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा वृद्धवृद्धा बढी लाभान्वित बनेका छन् । शिविरको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बाँनियाले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : ५० बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)