स्कटल्याण्डलाई हराउँदै युक्रेन प्लेअफको फाइनलमा « Khabarhub

स्कटल्याण्डलाई हराउँदै युक्रेन प्लेअफको फाइनलमा


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोप विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डलाई पराजित गर्दै युक्रेन प्लेअफको फाइनलमा पुगेको छ।​

बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक-एक गोल गरेका थिए।

खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा रोमन यारेम्चुकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७९ औं मिनेटमा कलुम म्याकग्रेगोरले गोल गर्दै स्कटल्याण्डलाई २-१ को स्थितिमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा आर्टिम डोभयकले गोल गर्दै युक्रेनलाई ३-१ को सहज जित दिलाए । दुई टोलीबीचको खेल यस अघि नै हुनुपर्ने थियो । तर, रुस र युक्रेनबीचको युद्दको कारण ढिला भएको हो ।

अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ । दुबैबीचको खेल जुन ५ मा हुने छ।विजेताले कतार विश्वकपमा स्थान बनाउने छन् ।

युरोपबाट यसअघि १२ देश जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्याण्ड छनोट भैसकेका छन्।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : १७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’