दिक्तेल रुपाकोट मझुवागाढीको नगर कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी « Khabarhub

दिक्तेल रुपाकोट मझुवागाढीको नगर कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएको छ।

१५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न नगरसभा निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका हुन् ।

२५ सदस्यीय नगर कार्यपालिकाका लागि निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना तथा दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य चयन गर्ने क्रममा सबै गठबन्धनका उम्मेदवार विजयी भए ।

निर्वाचित महिला सदस्य मध्येबाट धनशोभा राई, गंगा विक, मीना कार्की, मनिला राई, अञ्जना केसी तथा दलित समुदायबाट रामकुमार हिङमाङ, झुलेन्द्र विक र वीरेन्द्र दर्नाल विजयी भएका छन् ।

१५ वडाका वडाध्यक्ष, प्रमुख र उपप्रमुखसहित १७ जना कार्यपालिका सदस्य निर्वाचित भइसकेको अवस्थामा थप आठ जना सदस्य चुनिएका हुन् ।

त्यसमध्ये भागबण्डामा कांग्रेस र माओवादी केन्द्रका समान तीन जना, जसपा र एकीकृत समाजवादीका समान एक जना मिलाइएको छ ।

संविधानमा निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र नगरसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्यसमेत नगरकार्यपालिकाको सदस्य हुने व्यवस्था छ ।

२५ सदस्यीय नगर कार्यपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रका छन् । त्यसबाहेक माओवादी केन्द्रका नौं जना, कांग्रेसका सात जना, एमालेका तीन जना, जसपाका तीन जना र एकीकृत समाजवादीका एक जना सदस्य बनेका छन् ।

नगरपालिकाका ७७ पदमध्ये माओवादी केन्द्र २६, एमाले २५, कांग्रेस १७, एकीकृत समाजवादी सात र जसपा दुई पदमा विजयी भए ।

दलित समुदायबाट तीन सदस्य चुनिएसँगै नगरपालिकामा कुल पद संख्या ८० पुगेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु