जिसस ललितपुरको प्रमुखमा फुयाँल र उपप्रमुखमा थिङ निर्विरोध निर्वाचित « Khabarhub

जिसस ललितपुरको प्रमुखमा फुयाँल र उपप्रमुखमा थिङ निर्विरोध निर्वाचित


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

उपप्रमुखमा नेकपा माओवादीका रामलाल थिङ निर्विरोध चुनिएका छन् । उपप्रमुखमा पनि थिङको मात्रै उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन कार्यालय ललितपुरका निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ वटा पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएको बताए । उम्मेदवारहरु निविरोध निर्वाचित भएको भए पनि घोषणा भने भइनसकेको उनले जानकारी दिए ।

शिवाकोटीले भने, ‘दिउँसो १ बजे घोषणा हुन्छ, २ बजे शपथ ग्रहणको कार्यक्रम छ । उम्मेदवारहरु निविरोध भएको भए पनि निर्वाचन प्रकृया अझै बाँकी छ ।’

खुल्ला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन्। अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोष राज केसीले जानकारी दिए ।

जिल्लाको ७१ वडा मध्ये ३८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । नेकपा माओवादीले वागमती महाँकालको उपप्रमुख जितेको थियो

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ९ : ४० बजे

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र