केन्द्रीय सदस्यको नाम टुंगो लगाउन लोसपाको केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

केन्द्रीय सदस्यको नाम टुंगो लगाउन लोसपाको केन्द्रीय समिति बैठक बस्दै


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय सदस्यको नाम टुंगो लगाउने विषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठनलगायत समसामयिक विषयमा समेत छलफल गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका अजेन्डा बैठकका लागि तय गरिएका छन । ‘अपरान्ह १ बजे देखी बस्ने बैठकले केन्द्रिय कार्यसमितिको सदस्यको संख्या टुंग्याउने देखी सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले  भने  । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सकेकाले त्यसलाई पारित गरी नाम टुंगो लगाउन दिशामा  जानेछ ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ सदस्यीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेश गर्दैछ । उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखी त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्नेछ भने केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विद्येयकलगायतको विषयलाई समेत समेटेर बुझाएको ज्ञापनपत्रलाई कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रित हुनेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : १९ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट