१२औँ  राष्ट्रपति रनिङ शिल्ड : चन्दननाथ प्रथम, हिमा द्वितीय « Khabarhub

१२औँ  राष्ट्रपति रनिङ शिल्ड : चन्दननाथ प्रथम, हिमा द्वितीय


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्वितीय र पातारासी गाउँपालिका तृतीय भएका छन् ।

१५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार  ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि जितेको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगिताको  शिल्ड जितेको छ ।  मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ ।  यसैगरी पातारासीले पुरुष भलिबल प्रतियोगिता जित हात पारेको थियो भने कनकसुन्दरी द्वितीय भएको थियो ।

महिला भलिबल प्रतियोगितामा कनकसुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्वितीय चन्दननाथ नगरपालिका भएको छ । कबड्डीमा चन्दननाथ प्रथम, कनकसुन्दरी गाउँपालिका द्वितीय भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : १४ बजे

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि