गाईजात्राको तयारीमा जुटे जोगिन्दर  « Khabarhub

गाईजात्राको तयारीमा जुटे जोगिन्दर 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजालले आउँदो गाईजात्राको सामग्री तयारीमा जुटेका छन् । साता यता आफ्नो गाईजात्राको रेकर्डिङमा व्यस्त जोगिन्दरले छायांकन समेत थालेका छन् । उनले शनिबार पार्टी प्यालेससँगै विभिन्न स्थानमा गाईजात्राको सामग्री छायांकन गरिरहेका छन् । ‘जोगिन्दर बोले प्रणामजी’ को पहिलो एपिसोडमै तत्कालीन उर्जा मन्त्री प्रकाश शरण महतलाई गेस्ट बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रुपमा स्थापित नै भएका थिए ।

त्यसयता उनले जोगिन्दरको क्यारेक्टरमा रहेर कार्यक्रम गर्दै आएका छन् । पान पसलेको रुपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडि ल्याएका छन् । जोगिन्दरको उपनामले चर्चामा आएका शिव शंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो । पछिल्लो समय ‘जोगिन्दर मुखियाजी’ कार्यक्रम ल्याइरहेका उनले गाईजात्रामा जोगिन्दर बनेर नै दर्शक समक्ष प्रस्तुत हुनेछन् । २०५९ सालमा पहिलोपटक गाईजात्राको क्यासेट निकालेका जोगिन्दरले त्यसलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन् ।

‘हाम्रो कर्म नै यहीँ हो । हास्यकलाकारहरूका लागि गाईजात्रा उत्सव हो । महान पर्व हो । त्यसैले यसलाई लक्षित गर्दै कर्म गर्न छोड्दिन’ उनले भने । पछिल्लो समय गाईजात्रा लक्षित सामग्रीहरू निकै कम आउने गरेका छन् । तर , जोगिन्दर यसलाई निरन्तरता दिनेमा अगाडि छन् । ‘यसपटक भिडियो सामाग्रीसँगै मोफसलमा स्टेज शोहरु पनि छन् । दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न विभिन्न स्थानमा समेत आउँदैछौँ’ उनले भने । उनलाई केही स्थानमा पान पसलेसम्म भन्ने गरेका छन् । यस्तो सुन्दा उनी क्यारेक्टरले पाएको मायाले खुसी हुन्छन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : २२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,