यस्तो छ ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर (भिडियो)  « Khabarhub

यस्तो छ ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर (भिडियो) 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर शनिबार दर्शकमाझ ल्याइएको छ । चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ३१ असारदेखि देशव्यापी प्रदर्शनमा हुँदैछ । निमेष प्रधान लिखित तथा निर्देशित फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको सम्मिश्रण देखिन्छ । चिया बगानका मजदुरको समस्यालाई पनि ट्रेलरमा प्राथमिकता दिइएको छ । दार्जिलिङ, सिल्गुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा सबै प्रमुख  कलाकारहरु–आकाश, पूजा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणालाई अटाइएको छ ।

फिल्म प्रदर्शनको मिति नजिकिँदै जादा निर्माण पक्षले प्रचारप्रसारलाई निकै सशक्त बनाएको छ । अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका सार्वजनिक दुई गीत–‘परेलीमा लुकाउँछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले दर्शकश्रोता माझ चर्चित छन् । आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ ।

कमल राई र रामजी लामिछानेको कोरियाग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ । दर्शकले निकै मन पराएको पूजा र आकाशको जोडी करिब चार बर्षको अन्तरालपछि पुनः यही फिल्ममार्फत ठूलो पर्दामा आउँदैछन् । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ०८ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान