विपिन भन्छन्, 'पारिश्रमिक होइन समय नमिल्दा फिल्म छाडेको हुँ'  | Khabarhub Khabarhub

विपिन भन्छन्, ‘पारिश्रमिक होइन समय नमिल्दा फिल्म छाडेको हुँ’ 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनयमा पोख्त अभिनेता विपिन कार्कीलाई पछिल्लो समय रकमी बनिरहेको आरोप लागिरहेको छ । क्यारेक्टरको लागि पारिश्रमिकको वेवास्ता गर्ने विपिन आजभोली महँगो पारिश्रमिकका लागि जुनै फिल्म गर्न तयार छन् भन्ने आरोप छ । किनकी उनले पछिल्लो समय छड्के र पशुपति प्रसादको सिक्वेल पारिश्रमिक नमिल्दा छोडेका छन् । यद्यपि विपिनले फिल्म छाड्नुको कारण समय नमिलेको र स्क्रिप्ट चित्त नबुझेको बताए । 

‘मैले फिल्म नगर्नुको कारण पैसा नभएर समय र स्क्रिप्ट हो । म एउटा समयमा एउटा फिल्म मात्र गर्न सक्छु । यो समय मैले प्रसादको सिक्वेललाई दिए । अरु फिल्मकर्मी रिसाउनु भएको छ । मेरो फिल्म नगर्ने पख्लास् भन्नु हुन्छ होला’ विपिनले भने । उनले कथावस्तु मन परेकै कारण ‘रातो सुटकेस’ नामक फिल्म विना पारिश्रमिक गरेको पनि प्रस्ट्याए । उनले छड्के र पशुपति प्रसादको सिक्वेल कथावस्तु चित्त नबुझेको कारण छाडेको बताए ता पनि पारिश्रमिक कारक रहेको फिल्मसँग जोडिएका सदस्यको दाबी छ । 

उनले आफू स्क्रिप्ट, क्यारेक्टर, निर्देशक र टिमको आधारमा कुन फिल्ममा काम गर्ने भनेर छनोट गर्ने बताए।  उनले आफूलाई वैशाखसम्म कुनै फिल्मको अफर नगर्न बताए। ‘मलाई अहिले फिल्मको अफर धेरै आउँछ । आउँदो वर्षको बैशाखसम्म मेरो सेड्यूल प्याक छ’ उनले भने ‘अहिलेलाई फिल्मको अफर नगरिदिनुहोला ।’

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ३२ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।