पोखराको ल्याण्डफिल विवाद: भरतपोखरीमा सार्न नदिने स्थानीयको अडान « Khabarhub

पोखराको ल्याण्डफिल विवाद: भरतपोखरीमा सार्न नदिने स्थानीयको अडान


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाले ३३ नम्बर वडाको भरतपोखरीमा ल्याण्डफिल साइट सार्ने निर्णय गरेको छ ।

आगामी वर्ष भौतिक पूर्वाधार निर्माण र अन्य कामका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ । हाल पोखरा १४ मा रहेको ल्याण्डफिलको आयु सकिएको छ । २०६१ सालमा १५ वर्षका लागि निर्माण भएको उक्त ल्याण्डफिल साइट १८ वर्ष पूरा भैसकेको छ । त्यसमाथि निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुअघि ल्याण्डफिल साइट सार्नैपर्ने शर्त छ ।

अघिल्लो जनप्रतिनिधिको अन्तिम कार्यपालिका बैठकले ३३ नम्बर वडाको भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको थियो । त्यसअघि पोखरा १६ र २० को सीमानामा सार्ने निर्णय भएकोमा स्थानीले निरन्तर अवरोध गरेपछि उक्त निर्णयबाट महानगर पछि हटेको हो ।

तर अहिले प्रस्ताव गरिएको ठाउँमा पनि ल्याण्डफिल सार्न नदिने निर्णय स्थानीयले गरेका छन् । भरतपोखरीका सर्वदलीय नेता तथा स्थानीय अगुवाहरूले निर्णयको विरोध गर्दै प्रस्ताव फिर्ता लिन भनेका छन् ।

विभिन्न राजनीतिक दल र स्थानीयबीच वडामा भएको सर्वदलीय भेला आयोजना गरिएको हो । भेलाले स्थानीय नागरिकसँग समन्वय नगरी महानगरले एकलौटी निर्णय लाद्न खोजेको भन्दै दबाबलाई अटेर गरे संघर्ष थाल्ने निर्णय गरेको छ । जसपा नेता किरण थापाले कोही पनि ल्याण्डफिल सार्न दिने पक्षमा नभएको भन्दै महानगरले आफ्नो निर्णय सच्याउनुपर्ने बताए ।

‘पोखरा महानरपालिकाद्वारा समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो वडा नम्बर ३३ को टिमुरफाँटा भन्ने ठाउँमा महानगरले प्रस्ताव गरेकोले हामी पोखरा ३३ का क्रियाशील राजनैतिक दलको गम्भीर ध्यानाकर्षण भएको छ,’ भेलाको निर्णय पुस्तिकामा लेखिएको छ, ‘वडास्तरमा कुनै सल्लाह र छलफल पनि नभई महानगरबाट हाम्रो जायज मागलाई सम्बोधन नहुने देखिएमा क्रमबद्ध तरिकाले जनस्तरबाट नै संघर्षको सुरुवात गरी उक्त कार्य रोक्ने समेत निर्णय गरिन्छ ।’ उनीहरूले मेयर धनराज आचार्यलाई संयुक्त ज्ञापनपत्र बुझाउने बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ८ : ४५ बजे

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति