सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Khabarhub

सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन हो।

कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवार लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन्।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसमध्ये ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा प्रतिकित्ता १०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलसँगै सी-आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : २८ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान