अर्थमन्त्री जनादर्न शर्मामाथिको छानबिन अपूर्ण : अध्यक्ष ओली | Khabarhub Khabarhub

अर्थमन्त्री जनादर्न शर्मामाथिको छानबिन अपूर्ण : अध्यक्ष ओली


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बाहिर रहेका साना कम्युनिष्ट घटकलाई एकतामा आउन आह्वान गरेका छन् ।

तुल्सीलाल अमात्यको २५ औँ स्मृति दिवसको अवसरमा आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले कम्युनिष्ट पार्टी सिद्धाउने दुष्ट उदेश्य भएका बामपन्थी भन्नेहरु गठबन्धनमा रहेको भन्दै गठबन्धन बाहिर रहेका कम्युनिष्ट बामपन्थी व्यक्तिहरु शक्तिहरुलाई पार्टी एकताका लागि आह्वान गरेका हुन् ।

ओलीले कम्युनिष्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनेहरु सच्चा बामपन्थी हुनै नसक्ने तर्क गरे । त्यस्तै उनले जनादर्न शर्मामाथिको छानबिन पूर्ण नै नभएको भन्दै गठबन्धनले निर्लज्ज तवरले उनलाई नै अर्थमन्त्री बनाएको बताए ।

करको दर हेरफेरमा व्यक्तिमात्रै नभएर सिंगै सरकार र गठबन्धनको संलग्नता देखिएको उनको भनाई छ । त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारको नेतृत्व गरिरहेको कांग्रेस देशद्रोही पार्टी भएको आरोप लगाए ।

मात्रिकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नै ११ साल देखि नै देशको हितबिपरितको सम्झौता हुन सुरु भएको उनले बताए ।मात्रिकाप्रसाद कोइरालाको तत्कालीन सरकारले नै उत्तरी छिमेकी देशको सिमानामा दक्षिणी छिमेकीको फौज लगेर राखेको र स्वाधिवनता बिपरितको काम भएको उनले आरोप लगाए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : १६ बजे

रसुवा बाढीपछि चीनमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै

काठमाडौं– गत असार २४ गते रसुवागढी नाकास्थित भोटेकोशी नदीको बाढीले

भारतविरुद्ध इंग्ल्यान्डको युवा टोली बलियो अवस्थामा

काठमाडौं – भारतीय यूथ टोलीसँगको दोस्रो टेस्टमा इंग्ल्यान्डको यूथ टोली

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

काठमाडौं– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने