अर्थमन्त्री जनादर्न शर्मामाथिको छानबिन अपूर्ण : अध्यक्ष ओली « Khabarhub

अर्थमन्त्री जनादर्न शर्मामाथिको छानबिन अपूर्ण : अध्यक्ष ओली


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बाहिर रहेका साना कम्युनिष्ट घटकलाई एकतामा आउन आह्वान गरेका छन् ।

तुल्सीलाल अमात्यको २५ औँ स्मृति दिवसको अवसरमा आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले कम्युनिष्ट पार्टी सिद्धाउने दुष्ट उदेश्य भएका बामपन्थी भन्नेहरु गठबन्धनमा रहेको भन्दै गठबन्धन बाहिर रहेका कम्युनिष्ट बामपन्थी व्यक्तिहरु शक्तिहरुलाई पार्टी एकताका लागि आह्वान गरेका हुन् ।

ओलीले कम्युनिष्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनेहरु सच्चा बामपन्थी हुनै नसक्ने तर्क गरे । त्यस्तै उनले जनादर्न शर्मामाथिको छानबिन पूर्ण नै नभएको भन्दै गठबन्धनले निर्लज्ज तवरले उनलाई नै अर्थमन्त्री बनाएको बताए ।

करको दर हेरफेरमा व्यक्तिमात्रै नभएर सिंगै सरकार र गठबन्धनको संलग्नता देखिएको उनको भनाई छ । त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारको नेतृत्व गरिरहेको कांग्रेस देशद्रोही पार्टी भएको आरोप लगाए ।

मात्रिकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नै ११ साल देखि नै देशको हितबिपरितको सम्झौता हुन सुरु भएको उनले बताए ।मात्रिकाप्रसाद कोइरालाको तत्कालीन सरकारले नै उत्तरी छिमेकी देशको सिमानामा दक्षिणी छिमेकीको फौज लगेर राखेको र स्वाधिवनता बिपरितको काम भएको उनले आरोप लगाए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : १६ बजे

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका