जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन « Khabarhub

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जिल्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो ।

केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए । धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन्। ती दुवै चन्दननाथ नगरपालिका भित्र पर्छन् ।

धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबुलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायत बताउँछन् । जिल्लाको व्यापार व्यवसाय र पर्यटन क्षेत्रलाई उकास्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक छ ।

काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा रु तीन करोडको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ। दानसाँघुदेखि चिमारासम्म केबुलकार सञ्चालन गर्न करिब रु चार अर्ब खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : २५ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत