डेङ्गु नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान « Khabarhub

डेङ्गु नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – जिल्लाको हेटौँडा उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ ।

हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेङ्गु सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चारवटै वडामा बिहीबार अपराह्नसम्म पाँच सय ३५ जनामा डेङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५ डेङ्गुका बिरामी फेला परेको कार्यालयले जनाएको छ ।

मकवानपुरमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका क्षेत्रमा करिब तीन सातादेखि फैलिएको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले भदौ १९ देखि हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा र मनहरिका विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालयले घरदैलो अभियान सञ्चालन गर्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए ।

हेटौँडा र मनहरिका विभिन्न वडामा डेङ्गुबाट प्रभावितलाई तत्काल उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा काठमाडौँको वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन शिक्षण अस्पताल उपचारका लागि पठाइएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलिप्रसाद चौलागाईँले जानकारी दिए ।

डेङ्गुबाट सामान्य प्रभावितलाई हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र चितवनको भरतपुर अस्पताल भर्ना गरी उपचार थालिएको छ । डेङ्गुको पहिचान गर्न किट पर्याप्त मात्रा नहुँदा उपलब्ध गराइदिन हेटौँडा उपमहानगरपालिकाले सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष माग गरेको चौलागाईँले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ५७ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६