हिमा र सिंजा सरकारका एक सय दिनका काम सार्वजनिक « Khabarhub

हिमा र सिंजा सरकारका एक सय दिनका काम सार्वजनिक


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एक सय दिनमा भएका कामको विवरण सार्वजनिक गरेका छन् ।हिमा गाउँपालिकाले एक सय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ । सिंजा गाउँपालिकाले भने आफ्ना काम रेडियो सिंजाखोला एफएम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

हिमा गाउँपालिकाले नेपाल पत्रकार महासंघ जुम्लाको हलमा बुलेटिन सार्वजनिक कार्यक्रम आयोजना गरेर भएका मुख्य कार्यक्रम सार्वजनिक गरेको छ । अध्यक्ष लक्ष्मणबहादुर शाही, वडाध्यक्ष रतनबहादुर शाही र उपराज अधिकारीसहित जनप्रतिनिधिले बुलेटिन सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रतनबहादुर शाहीले हिमा सरकारले गरेका एक सय दिनका मुख्य काम यसमा समेटिएको बताए  । उनले नयाँ जनप्रतिनिधिको कुनै प्रकारको स्वार्थ नभएको भन्दै काममा विश्वास गर्ने दाबी गरे ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिका बुलेटिन प्रकाशन गरेर सुशासनको प्रत्याभूति दिलाएको बताए  । उनले गाउँपालिकाको केन्द्र टुंगो, ग्रिन रोड र रिभर अभियान, आँखा अस्पताल स्थापना, नाग्मको काठेपुल, कालो तिरुवाको सम्मानसहित विभिन्न काम अगाडि बढाएको बताए ।

उनले  गाउँपालिकाले स्वास्थ्य बीमाको प्रक्रिया अगाडि बढाइएको, तर लक्षित वर्गलाई एम्बुलेन्स सेवा सुरुदेखि नै प्रदान गरिएकोमा जोड दिए । अध्यक्ष शाहीले गाउँपालिकामा सबै दलको पार्टीको सहयोगमा केन्द्र टुंगो लागेको भन्दै अब संरचनामा समेत जोड दिने बताए । हिमा-६ का वडाध्यक्ष उपराज अधिकारीले केही नमुना काम गर्दा पनि भत्काउने प्रयास भइरहेको भन्दै काम निरन्तर हुनेमा जोड दिए  ।

सिंजा गाउँपालिकाले आफ्नो कार्य प्रगति रेडियो सिंजाखोला एफएमबाट सार्वजनिक गरेको छ । गाउँपालिकाले खस भाषाको अभिलेखीकरण,हाटबजारको सुरुवातदेखि एक सय दिनमा भइरहेका कामको सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सार्वजनिक सुनुवाइ, टेलिफोन टावर सुचारु,पहिलोपटक खस भाषबाट आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रस्तुत, गाउँपालिकाको आफ्नै प्रशासकीय भवन सञ्चालन गरेको, सिंजा गाउँपालिकामा प्रत्येक महिनाको १ गते हाट बजार सञ्चालन गरिएको जानकारी दिए ।

नदीजन्य गिट्टी बालुवाको आइइका लागि प्रक्रिया अगाडि बढाएको, विद्यालयमा गुणस्तर शिक्षा सुधार अभियान सुरु गरिएको, सिंजा गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्र सुधार गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : ३० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह