हिमा र सिंजा सरकारका एक सय दिनका काम सार्वजनिक | Khabarhub Khabarhub

हिमा र सिंजा सरकारका एक सय दिनका काम सार्वजनिक


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एक सय दिनमा भएका कामको विवरण सार्वजनिक गरेका छन् ।हिमा गाउँपालिकाले एक सय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ । सिंजा गाउँपालिकाले भने आफ्ना काम रेडियो सिंजाखोला एफएम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

हिमा गाउँपालिकाले नेपाल पत्रकार महासंघ जुम्लाको हलमा बुलेटिन सार्वजनिक कार्यक्रम आयोजना गरेर भएका मुख्य कार्यक्रम सार्वजनिक गरेको छ । अध्यक्ष लक्ष्मणबहादुर शाही, वडाध्यक्ष रतनबहादुर शाही र उपराज अधिकारीसहित जनप्रतिनिधिले बुलेटिन सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रतनबहादुर शाहीले हिमा सरकारले गरेका एक सय दिनका मुख्य काम यसमा समेटिएको बताए  । उनले नयाँ जनप्रतिनिधिको कुनै प्रकारको स्वार्थ नभएको भन्दै काममा विश्वास गर्ने दाबी गरे ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिका बुलेटिन प्रकाशन गरेर सुशासनको प्रत्याभूति दिलाएको बताए  । उनले गाउँपालिकाको केन्द्र टुंगो, ग्रिन रोड र रिभर अभियान, आँखा अस्पताल स्थापना, नाग्मको काठेपुल, कालो तिरुवाको सम्मानसहित विभिन्न काम अगाडि बढाएको बताए ।

उनले  गाउँपालिकाले स्वास्थ्य बीमाको प्रक्रिया अगाडि बढाइएको, तर लक्षित वर्गलाई एम्बुलेन्स सेवा सुरुदेखि नै प्रदान गरिएकोमा जोड दिए । अध्यक्ष शाहीले गाउँपालिकामा सबै दलको पार्टीको सहयोगमा केन्द्र टुंगो लागेको भन्दै अब संरचनामा समेत जोड दिने बताए । हिमा-६ का वडाध्यक्ष उपराज अधिकारीले केही नमुना काम गर्दा पनि भत्काउने प्रयास भइरहेको भन्दै काम निरन्तर हुनेमा जोड दिए  ।

सिंजा गाउँपालिकाले आफ्नो कार्य प्रगति रेडियो सिंजाखोला एफएमबाट सार्वजनिक गरेको छ । गाउँपालिकाले खस भाषाको अभिलेखीकरण,हाटबजारको सुरुवातदेखि एक सय दिनमा भइरहेका कामको सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सार्वजनिक सुनुवाइ, टेलिफोन टावर सुचारु,पहिलोपटक खस भाषबाट आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रस्तुत, गाउँपालिकाको आफ्नै प्रशासकीय भवन सञ्चालन गरेको, सिंजा गाउँपालिकामा प्रत्येक महिनाको १ गते हाट बजार सञ्चालन गरिएको जानकारी दिए ।

नदीजन्य गिट्टी बालुवाको आइइका लागि प्रक्रिया अगाडि बढाएको, विद्यालयमा गुणस्तर शिक्षा सुधार अभियान सुरु गरिएको, सिंजा गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्र सुधार गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : ३० बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको