राजकुमार बरालको शिक्षा विमर्श पुस्तक शृङ्खला सार्वजनिक « Khabarhub

राजकुमार बरालको शिक्षा विमर्श पुस्तक शृङ्खला सार्वजनिक


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षाका अध्येता राजकुमार बरालको ‘शिक्षा विमर्श भाग १, २ र ३’  पुस्तक शृङ्खलाको विमोचन भएको छ। शिक्षा विमर्श प्रालिद्वारा प्रकाशित उक्त पुस्तक बिहीबार विमोचन गरिएको हो।

शिक्षा विमर्शको भाग १ ले सार्वजनिक शिक्षाको चिरफार गरेको छ भने भाग २ मा शिक्षाको इतिहास, जङ्गी शिक्षा, शिक्षा आयोगका रस्साकस्सीलाई समेटेको छ। त्यस्तै भाग ३ मा विश्वको आधुनिक शिक्षा, विश्वकै उत्कृष्ट शिक्षाविद्को योगदानलाई समेटिएको छ। पुस्तकको हरेक भागमा शैक्षिक गतिविधिका सबै पाटोलाई केलाइएको लेखक बरालले बताए।

त्यस्तै पुस्तक विमोचन गर्दै वरिष्ठ शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षा विमर्शका ३ वटै भाग संवेग र विवेक मिलाएर लेखिएको बताए। हरेक भागमा भूमिका लेख्ने जिम्मेवारी पाएका शिक्षाविद् डा. कोइराला लेखकसँग चिन्तन, चिन्ता र शान्त भएर लेख्ने क्षमता भएको टिप्पणी गर्छन्।

‘पुस्तकको हरेक भागले धेरै पक्षलाई समेटेको छ। भाग १ ले सार्वजनिक शिक्षा,  शिक्षक आन्दोलन, शिक्षण तालिम, शिक्षण विधि परीक्षणलगायत, भाग २ ले शिक्षाको ऐतिहासिक शिक्षा आयोगको अनुभूति र रस्साकस्सी, नेतृत्व, नियम, कार्य व्यवस्थापन, द्वन्द्व व्यवस्थापन कसरी गर्ने भनेर व्याख्या गरेको छ। भाग ३ ले प्राध्यापकले गर्न सक्छ भन्ने विश्लेषण पनि छ।

यसैगरी कार्यक्रममा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले विश्वका शिक्षाका विभिन्न अभ्यास, प्रवृत्ति, चिन्तन गरिनुपर्छ भनेरै लेखकको उदय भएको बताए।

शिक्षा विमर्श प्रालिका अधयक्ष बाबुराम थापा प्रकाशित पुस्तकको भाग २ मा आफ्नैबारे टिप्पणी उल्लेख भएको बताए। पुस्तकले नेपालको सार्वजनिक शिक्षालाई बलियो बनाउने स्रोतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोजी गरेको प्रस्ट्याए।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : ०५ बजे

राष्ट्रियसभा : सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी– बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर

रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन

काठमाडौं– सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद,

रास्वपा सांसदहरूका कुरा सुन्दै रवि लामिछाने (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग सभापति रवि लामिछानेले एक्लै छलफल

वैशाखमा पक्राउ परे एक हजार बढी लागूऔषध कारोबारी

काठमाडौं– वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागूऔषध कारोबारमा