राष्ट्रिय सहकारी विकास बोर्डद्वारा जग्गा खाली गरिदिन अनुरोध « Khabarhub

राष्ट्रिय सहकारी विकास बोर्डद्वारा जग्गा खाली गरिदिन अनुरोध


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय सहकारी विकास बोर्डले भरतपुरमा रहेको आफ्नो जग्गा खाली गराइदिन स्थानीय प्रशासन र भरतपुर महानगरपालिकासँग अनुरोध गरेको छ । सो जग्गामा अनधिकृत रुपमा फुटपाथका व्यापारीले बाँसका टहरा निर्माण गरी व्यापार गर्दै आएका छन् ।  

बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले आफ्नो जग्गामा सहकारी, कृषि बजार भवन निर्माण गर्ने योजना रहेको जानकारी दिए । उनले केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जमिन अतिक्रमणमा परेको जानकारी दिए ।

उक्त जमिनमा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण गरी अतिक्रमण गरिएको हो । बसपार्क भन्दा उत्तरतर्फ रहेको दुई बिघा नौ कट्ठा ११ धुर जमिन अतिक्रमणमा परेको सहअध्यक्ष दवाडीले बताए  । बोर्डले भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा खाली गरिदिन पत्राचार गरेको भए पनि कुनै पहल नभएको उनले गुनासो गरे । उनले भने, ‘हामीले महानगर र प्रशासनलाई आग्रह गर्‍यौ, कुनै पहल भएन ।’ विगत एक महिनादेखि यहाँका सङ्घसंस्थामार्फत फुटपाथका व्यापारीलाई अनधिकृत रुपमा खाली जग्गामा बसाउँदै आएकोमा बोर्डको ध्यानाकर्षण भएको उनले बताए । उनले पुनः भरतपुर–९ को कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त खाली गरिदिन अनुरोध गरे ।

सहअध्यक्ष दवाडीले बोर्डले कुनै पनि सङ्घसंस्था, व्यापारीसँग लिखितरूपमा कुनै प्रकारको भाडामा लिने दिनेसम्बन्धी करार सम्झौतासमेत नगरेको जानकारी गराए । बोर्डको सात बिघा नौ कट्ठा ११ धुर जग्गामध्ये तीन बिघा जग्गा ३० वर्षअघि नै महानगरपालिकालाई बिक्री गरेको थियो । बाँकी जग्गामध्ये पनि दुई बिघा महानगरलाई बसपार्क निर्माणका लागि दिएको छ । बाँकी जमिनमा कृषि बजार भवन निर्माण गर्ने योजना बोर्डले अघि सारेको छ । भवन निर्माणका लागि विस्तृत बजार सम्भाव्यता अध्ययन, माटो परीक्षण, व्यावसायिक योजना तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), बजार भवन सञ्चालन मोडालिटीलगायत परामर्शसम्बन्धी कार्य सम्पन्न भइसकेका छन् । यसैगरी नक्सापासका लागि बजेट निकासा भइसकेको छ भने इआइए प्रतिवेदन स्वीकृत भइसकेको बोर्डका उपनिर्देशक अनिल पौडेलले जानकारी दिए ।

यसअघि नै भवन निर्माणका लागि सरकारले दुई अर्ब ५२ करोड ७७ लाख ५३ हजार एक सय ५३ बजेट सुनिश्चितता गरिसकेको भए पनि समयमा ठेक्का हुन नसक्दा बजेट फिर्ता भएको छ । पुनः बजेट सुनिश्चितता गरी भवन निर्माणको काम छिट्टै अघि बढाइने सहअध्यक्ष दवाडीले बताए ।

राष्ट्रिय सहकारी विकास बोर्ड भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको स्वायत्त निकाय हो । बोर्डका अध्यक्षमा विभागीयमन्त्री रहने व्यवस्था रहेको छ । यहाँको जमिनलाई सहकारीका सदस्यको हितमा हुने गरी काम गर्ने तयारीमा बोर्ड रहेको छ । दवाडीका अनुसार नेपालमा ९१ लाख मानिस सहकारीका सदस्य रहेका छन् । बीस प्रकारका केन्द्रीय सहकारी र त्योबाहेकका अन्य ३१ हजारभन्दा बढी सहकारीमा ९१ हजार कर्मचारी कार्यरत रहेका छन् । ती सहकारीको जगेडा कोष मात्र रु सात खर्ब रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : ५६ बजे

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन