अफगानिस्तानमा आत्मघाती बम आक्रमण, तालिबान समर्थक वरिष्ठ धर्मगुरुसहित १५ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, तालिबान समर्थक वरिष्ठ धर्मगुरुसहित १५ जनाको मृत्यु


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा एकजना वरिष्ठ धर्मगुरुसहित १५ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको हेरात सहरमा रहेको एक मस्जिदअगाडि बम आक्रमण भएको हो । आक्रमणका क्रममा अफगानिस्तानको शासन चलाइरहेको तालिबानका समर्थक एकजना वरिष्ठ धर्मगुरु पनि मारिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

मारिने ती धर्मगुरु मुजिब रहमान अन्सारी रहेको र आक्रमणमा उनका सुरक्षा गार्डहरु पनि मारिएको हेरातका प्रहरी प्रवक्ता महमुद रसूलीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

हेरात सहरको गुजरगाह मस्जिदमा शुक्रबार मध्यान्हको प्रार्थानाको समयमा बम आक्रमण भएको थियो ।

रसूलीले आक्रमणमा भएको हताहतीको संख्याबारे नखुलाएपनि स्रोतलाई उद्धृत गर्दै १५ जनाको मृत्यु भएको अल जजीराले उल्लेख गरेको छ । आक्रमणमा अरु २१ जना घाइते भएको स्थानीय स्वास्थ्यकर्मीले जनाएका छन् ।

ती धर्मगुरु घरबाट मस्जिद जाने क्रममा रहेको र मस्जिदनजिकै आत्मघाती आक्रमणकारीले अविवदानस्वरुप उनको हातमा चुम्बन गर्न खोजेको जनाइएको छ । त्यही मौकामा आत्मघाती आक्रमणकारीले विस्फोट गराएको थियो ।

यता तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले आक्रमणको निन्दा गर्दै यसमा संलग्नलाई कारवाही गरिने जनाएका छन् ।

आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिइसकेको छैन । यद्यपि पछिल्लो केही समययता अफगानिस्तानमा आतंककारी संगठन इस्लामिक स्टेटले सैनिक एवम् सार्वजनिक निशानालाई लक्षित गरी यस्ता आक्रमण गराउँदै आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ५ : ०० बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४