दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर बेपत्ता र सत्य निरुपणसम्बन्धी विधेयक संसदीय समितिमा पठाइयो, तालाबन्दी र हड्तालले समस्या समधान नहुने प्रधानमन्त्री देउवाको भनाइ, विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम सदूपयोग हुनुपर्छ गृहमन्त्री खाँण, एमाले देश विकास अभियानमा लागेको ओलीको दाबी,  राष्ट्रियसभा अन्तगर्तको विषयगत समितिको निर्वाचन भदौ २३ गते, कक्षा १२ को परीक्षाफल प्रकाशित, उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या, कोरोना संक्रमणका कारण एकै दिन तीन जनको मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

बेपत्ता र सत्य निरुपणसम्बन्धी विधेयक संसदीय समितिमा पठाइयो
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारलाई स्वस्थ, प्रतिपर्धी, मर्यादित बनाउन र पत्रकारीकतामा पेशागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको बताएका छन् ।

मिडिया काउन्सिल विधेयक, २०७६ माथि पनि सैद्धान्तिक छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिदै उनले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताएका हुन् ।

उनले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । उनले साविकको प्रेस काउन्सीलको गतिविधिले पत्रकारिता क्षेत्रको सवै बिधालाई सम्बोधन गर्न नसक्ने भएकाले सो संस्थालाई प्रतिस्थापन गरि सूचना र सञ्चार क्षेत्रको प्रविधिमा भएको विकास तथा पत्रकारिताको क्षेत्रमा देखिएका नविन अभ्यास र चूनौतिलाई सम्बोधन गर्न मिडिया काउन्सील सम्बन्धी बिधेयक ल्याएको धारणा राखे ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

तालाबन्दी र हड्तालले समस्या समधान नहुने प्रधानमन्त्री देउवाको भनाइ
प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्ताल तथा पठनपाठन अवरुद्ध गरेर विश्वविद्यालयका समस्या समाधान हुन नसक्ने बताएका छन् ।

काठमाडौंमा आज ६९ औँ वाणिज्य दिवसका अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्याको रचनात्मक हल पहिल्याउन सवै प्रतिवद्धत हुनुपर्ने पनि बताए । शैक्षिक क्षेत्रमा देखिने समस्या समाधानका लागि बिद्यार्थी, प्राध्यापक लगाएत सरोकारवाला सवै गम्भीर हुनुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले गुणस्तरिय शिक्षा मुलुकको बिकासका लागि सवै भन्दा महत्वपूर्ण आधारको बिषय भएको भन्दै नेपालको शिक्षा क्षेत्रलाई विश्वबजारमा प्रतिपर्धा गर्ने किसिमको बनाउनुपर्ने धारणा राखे ।

विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम सदूपयोग हुनुपर्छ गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्ने बताएका छन् ।

सिंहदरबारमा आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार रकम खर्च गर्नुपर्ने बताए । विपद् व्यवस्थापनका लागि रकमको अभाव हुने र भएका रकम पनि समयमा नै खर्च गर्न नसक्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने उहाले बताए ।

बैठकमा पाँचथर, उदयपुर, गोरखा, डडेल्धुरा, बझाङ्ग लगायत अन्य जिल्लामा मनसुनजन्य विपद्वाट क्षतिग्रस्त भएका अत्यावश्यक संरचनाहरुको तत्का पुननिर्माणका लागि विपद् व्यवस्थापन कोषको बजेट उपलव्ध गराउने सम्बन्धमा छलफल भएको थियो भने खोटाङ र लमजुङ जिल्लामा भूकम्पबाट क्षतिग्रस्त भएका निजि आवासहरुको पुननिर्माण सम्बन्धमा पनि छलफल भएको थियो ।


एमाले देश विकास अभियानमा लागेको ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु प्रदेश नं १ कमिटीद्वारा आजँ आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको उल्लेख गरे ।

अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई आग्रह गरे ।

निर्वाचनमा एमालेलाई बहुमत ल्याउने पोखरेलको दाबी
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन्।

काठमाडौंमा आज नेपाल निजामती कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताएका हुन् । त्यस्तै पोखरेलले गठबन्धन सरकारले गरेका अपराधपूर्ण कामका बारेमा पनि जनतालाई सजक गराउने पर्नेमा उनले जोड दिए ।

राष्ट्रियसभा अन्तगर्तको विषयगत समितिको निर्वाचन भदौ २३ गते
राष्ट्रियसभा अन्तगर्तको विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ। राष्ट्रिय सरोकार समिति, प्रत्यायोजित व्यवस्था समिति, दीगो विकास तथा सुशासन समिति र विधायन समितिको सभापति चयन हुने भएको हो ।

राष्ट्रिय सभामा दीगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । राष्ट्रिय सभा उपाध्यक्ष पद २०७८ फागुनदेखि रिक्त छ । उपाध्यक्ष पदमा भने दलहरुबिच सहमति जुटेको सकेको छैन् ।

कक्षा १२ को परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा प्रकाशित गरेको हो ।

परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको छ । जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३ दशमलव ६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् ।

त्यस्तैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय र १.६१ देखि २ जीपए आउने ३५ जना रहेको छन् । यस्तै १ लाख ८८ हजार ४ सय १० जना नन ग्रेडिङमा परेका छन् ।

बोर्डका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्ने उल्लेख छ । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ । दुई विषयसम्म ग्रेड वृद्धि दिन एक लाख ३० हजार ८७८ जनाले पाउने छन् । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या
उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएको ठाउँ भोजपुर र उदयपुरको सीमा जोडिएको क्षेत्र हो ।

आज दिउँसो स्थानीयले तीन जनाको शव वादिङ खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेका छ । घटनाको सलंग्नको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कोरोना संक्रमणका कारण एकै दिन तीन जनको मृत्यु
नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परिक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोनाका कारण १२ हजार ५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय ९८ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ८ सय ९१ सक्रिय संक्रमित आइशोलेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : ०७ बजे

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना

उपाध्यक्ष पाण्डेकाे तर्क- गृहमन्त्रीको नाम किटान गर्न आवश्यक छैन, छानबिन समिति बनाउनु पर्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले