५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी « Khabarhub

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत भेरीगङ्गा- कर्णाली प्रदेशबाट यो वर्ष दसैँको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका  खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा  रु ६० करोडभन्दा बढी  रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए।

उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसैले उत्पादन पनि बढेको छ ।”

अहिले प्रदेशका चार वटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने , सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसीबोका, भेडालगायत पशु निर्यात भइरहेका छन् । गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाया मासुको लागि निर्यात गरिएका थिए । तीमध्ये केही खसीबोका बिक्री नभएर फिर्ता आएको सूचना अधिकारी गिरीले बताए। निर्देशनालयका अनुसार दुई हजारभन्दा धेरै खसीबोका र भेडाच्याङ्ग्रा फिर्ता भएको थियो । दसैँ तिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङग्रा देशका विभिन्न ठूला सहरमा निर्यात हुने गरेको छ ।

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ ।

खसीको मासुमा कर्णाली आत्मनिर्भर 

कर्णाली प्रदेश खसीको मासुमा आत्मनिर्भर बनेको छ । विभिन्न उत्पादनमुखी कार्यक्रम सञ्चालन हुँदा खसीको मासुमा प्रदेश आत्मनिर्भर भए पनि कुखुराको मासु भने अझै बाहिरबाट निर्यात गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १ : ५१ बजे

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको

सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा

इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी

रियाद– इरानसँग जारी तनाव र युद्धको प्रभाव साउदी अरबसम्म पुगेपछि