लमजुङ दरबारको आकर्षण यशोब्रह्मकाे शालिक | Khabarhub Khabarhub

लमजुङ दरबारको आकर्षण यशोब्रह्मकाे शालिक


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको गाउँसहर दरबारमा स्थापना गरिएको राजा यशोब्रह्म शाहको शालिकले दरबारको रौनक थपिदिएको छ ।  शाह वंशिय राजाहरूको पहिलो दरबार भनिएपनि भवन भन्दा बाहेक केहि नभएको दरबार परिसरमा पहिलो राजा यशोब्रह्म शाहको शालिक बनेपछि दरबारको आकर्षण पनि बढेको छ ।

नेपाल एकीकरणअघि शाहवंशीय राजाहरूको उद्गमस्थल लमजुङको गाउँसहर दरबारमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका छन् । दरबार परिसरमा राजा यशोब्रह्म शाहको शालिक निर्माण भएपछि दरबारको रौनकता थपिएको भन्दै पर्यटकहरू आउन थालेका हुन् । राजा यशोब्रह्म शाहको शालिकले इतिहासलाई जीवन्त बनाएको आन्तरिक पर्यटक भीष्मराज बरालले बताए ।

‘इतिहास कहिल्यै मेटिँदैन । दरबारसँगै बनेको राजाको शालिकले पुरानो इतिहासलाई जीवित बनाएको अनुभव भयो,’ उनले भने । गाउँशहर दरबारमा १६ औ शताब्दीमा निर्माण गरिएका पुरानो संरचना भएर पनि इतिहास जीवन्त पार्ने सम्पदा नहुँदा गाउँशहर दरबार ओझेलमा पर्दै आएको थियो ।

 नेपाली सेनाका पुर्न प्रधान सेनापति पूर्णचन्द्र थापाको पहलमा लमजुङस्थित श्रीजङ गणले १० लाखभन्दा बढी लागतमा यशोव्रम्हको शालिक निर्माण गरेको हो । शालिक निर्माण भएसँगै दरबार र तत्कालिन बाईसी–चौबिसी राज्यको इतिहास पढ्न सहज भएको अनुमान गरिएको छ । गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरूको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्द्रसम्म आइपुग्यो । 

दरबारको हेरचाहका लागि सरकारले लमजुङ स्मारक तथा दरबार हेरचाह कार्यालय स्थापना गरेको छ । २०४८ सालतिर पुरातत्व विभागले मन्दिर तथा दरबारको पुनर्निर्माण गराएपछि त्यहाँको विकासका लागि थप काम हुन सकेको छैन । २०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासक्रम रोकिएको थियो ।

गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरूको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो । शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भएपनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझेलमा परेको छ ।

ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य छन् । 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ४ : ४४ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको