अख्तियारद्वारा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

अख्तियारद्वारा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दर्ता


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले शुक्रबार चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकरप्रसाद कुसवाहाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

आयोगले चक्रघट्टा गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई तीन लाख ४१ हजार पाँच सय ४४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरेको हो ।

तत्कालीन अध्यक्ष यादव, वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्यहरु विजयकुमार चौधरी र विनोद साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र सवइन्जिनियर जितेन्द्र यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२०) वमोजिम सजाय हुन मागदाबी गरेको छ । यादव माओवादीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १ : ५० बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न