कफी उत्पादन वृद्धिमा जोड « Khabarhub

कफी उत्पादन वृद्धिमा जोड


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

आज ‘व्यावसायिक कफी खेतीमा जोड–गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँं राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुङ्गा हुने बताएका हुन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले नुवाकोटमा पछिल्लो समय कफी उत्पादनमा वृद्धि भइरहेको र यसको क्षेत्र विस्तारमा सबैको ध्यान पुग्नुपर्ने बताए ।

“सन् २००८ देखि नुवाकोटमा व्यवस्थित कफी उत्पादन हुन थालेको हो । अहिले नुवाकोटको कफी विदेश निर्यात् हुनथालेको रहेछ । यो खुशीको कुरा हो”, उनले भने, “खेती प्रवद्र्धनका लागि ध्यान दिनुपर्छ । किसानलाई थप हौसलाको खाँचो रहेको छ ।”

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले स्थानीय सरकारले विकासको बजेट बाटोमा मात्र नभई माटोमा पनि लगानी गरे कफी खेतीको विकास र प्रवद्र्धन हुने बताए । उनले नेपालको कफीको विदेशमा समेत उच्च माग भएकाले किसानले यसको उत्पादनमा जोड दिनुपर्ने बताए । “कफी नेपालको विदेशी मुद्रा भित्र्याउने वस्तु हो । गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्छ, विदेशमा जति पनि बिक्री हुन्छ । नेपालको आर्थिक उन्नतिका लागि कफी उत्पादन एउटा प्रमुख खेती हो”, कार्यकारी निर्देशक भट्टराईले भने ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष केशरबहादुर सिटौलाले किसानलाई उपयुक्त प्रविधि र प्रशिक्षणको खाँचो रहेकोले बोर्डले अहिले यसैमा केन्द्रित भएर योजना ल्याएको बताए ।

नेपालमा अहिले तीन हजार तीन सय ४३ हेक्टर जमीनमा कफी खेती हुँदै आएको छ । गत आर्थिक वर्षमा तीन सय ५५ मेट्रिकटन कफी उत्पादन भएको र यसको २० प्रतिशत कफी विदेशी बजारमा बिक्री भएको बोर्डले जनाएको छ ।

नेपालमा विसं १९९५ हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि नेपालमा कफी खेती सुरु भएको बोर्डले जनाएको छ ।

बोर्डले मङ्सिर १ गतेदेखि लागू हुने काँचो कफीको न्यूनतम सहमत मूल्य पनि तोकेको छ । ए ग्रेडको फ्रेस चेरी कफी प्रतिकिलो रु ९५, बि ग्रेडको रु ८५, ए ग्रेडको पार्चमेन्ट कफी रु चार सय ७५, बि ग्रेडको रु चार २०, ए ग्रेडको ड्राई कफी प्रतिकिलो रु एक सय ७० र बि ग्रेडको ड्राई कफीको मूल्य प्रतिकिलो रु एक सय १५ तोकेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ३६ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न