कोरोना संक्रमितको संख्या २९ करोड नाघ्यो, निको हुने साढे २५ करोड | Khabarhub Khabarhub

कोरोना संक्रमितको संख्या २९ करोड नाघ्यो, निको हुने साढे २५ करोड

५४ लाख ६० हजारको मृत्यु


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या आज केही घटेको छ ।

पछिल्लो साता दैनिक १८ लाखसम्म थपिने गरेको कोरोना संक्रमितको संख्या आज ८ लाखमा झरेको छ ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ लाख एक हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ४१ हजार ४५२ जना कोरोनामुक्त भएका छन् भने २ हजार ८७५ जनाको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख ६९ हजार, बेलायतमा एक लाख ३७ हजार, फ्रान्समा ५८ हजार, इटलीमा ६१ हजार र टर्कीमा ३३ हजार छन्।

कोरोनामुक्त हुनेमा बेलायतमा ४५ हजार, रुसमा २६ हजार, जर्मनीमा साढे २२ हजार र टर्कीमा २२ हजार रहेका छन् ।

मृत्यु हुनेको संख्या रुसमा ८११, अमेरिकामा १४२, टर्कीमा १२९, इटलीमा १३३ र बेलायतमा ७३ जना रहेका छन् ।

यससँगै कोरोनाका कूल संक्रमितको संख्या २९ करोड ५ लाख ५४ हजार नाघेको छ । तीमध्ये २५ करोड ४५ लाख २ हजार जना निको भइसकेका छन् भने ५४ लाख ६० हजार १४५ को मृत्यु भइसकेको ।

 

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : १२ बजे

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा

जेन-जीको आन्दोलनमा कहाँ चुक्यो सरकार ?

काठमाडौँ- एकातिर निजामती कर्मचारी विधेयकको कुलिङ पिरियड गडबडीमा दोषी देखिएका

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको

दिनभर जेन-जीको प्रदर्शन : कहाँ के भयो ?

काठमाडौँ– मलाई बोल्न दे सरकार, गणतन्त्र कहाँ छ, कसैलाई थाहा