‘ए’ डिभिजनमा आज शेर्पा र सातदोबाटो भिड्दै « Khabarhub

‘ए’ डिभिजनमा आज शेर्पा र सातदोबाटो भिड्दै


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत साँतौ चरणको अन्तिम दिन दशरथ रंगशालामा एक मात्रै खेल हुँदैछ । दिउसो १ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तालिकाको मध्यभागमा रहेका दुबै क्लबबीचको खेल निकै नै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । सातौँ खेल खेल्दै गर्दा दुबै टोली तेस्रो जितको खोजीमा हुनेछन् । यस खेलको विजेता टोलीलाई शीर्ष पाँचमा उक्लने मौकासमेत रहेको छ ।

नवप्रवेशी सातदोबोटोको कप्तानी डिफेण्डर मानबहादुर तामाङले गर्नछन् । उनी गत सिजन शेर्पाको जर्सीमै थिए । शेर्पाको कप्तानीमा फरवार्ड विश्वास श्रेष्ठ रहेका छन् ।

सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा रहेको छ । शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गरेसँगै मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा स्थान बनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र