‘ए’ डिभिजनमा आज शेर्पा र सातदोबाटो भिड्दै « Khabarhub

‘ए’ डिभिजनमा आज शेर्पा र सातदोबाटो भिड्दै


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत साँतौ चरणको अन्तिम दिन दशरथ रंगशालामा एक मात्रै खेल हुँदैछ । दिउसो १ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तालिकाको मध्यभागमा रहेका दुबै क्लबबीचको खेल निकै नै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । सातौँ खेल खेल्दै गर्दा दुबै टोली तेस्रो जितको खोजीमा हुनेछन् । यस खेलको विजेता टोलीलाई शीर्ष पाँचमा उक्लने मौकासमेत रहेको छ ।

नवप्रवेशी सातदोबोटोको कप्तानी डिफेण्डर मानबहादुर तामाङले गर्नछन् । उनी गत सिजन शेर्पाको जर्सीमै थिए । शेर्पाको कप्तानीमा फरवार्ड विश्वास श्रेष्ठ रहेका छन् ।

सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा रहेको छ । शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गरेसँगै मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा स्थान बनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ०५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा