बलिउडमा अभिनयबारे अल्लू भन्छन्– राम्रो कथा हुनुपर्छ « Khabarhub

बलिउडमा अभिनयबारे अल्लू भन्छन्– राम्रो कथा हुनुपर्छ


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)–हालका दिनमा दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन आफ्नो फिल्म ‘पुष्पा’ कारण चर्चामा छन् । अल्लू र रश्मिका मन्दाना अभिनित यो फिल्मले बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । फिल्मको हिन्दी भर्सनले बक्सअफिसमा सारा रेकर्ड तोडेको छ । हिन्दी भर्सनमा यो फिल्मले चाँडै नै ७५ करोड रुपैयाँको आँकडा पार गर्ने तयारीमा छ । फिल्मले विश्वव्यापी रुपमा हालसम्म ३ सय करोड कमाइसकेको छ ।

‘पुष्पा’ हेरेपछि बलिउडमा अल्लूको फ्यान फलोइङ दिनानुदिन बढिरहेको छ । उनको लोकप्रियताका कारण उनलाई बलिउडबाट अफर पनि आउन थालेको छ । तर, अहिले नै बलिउडमा काम गर्न अल्लू तयार छैनन् । उनले एक अन्तर्वार्तामा आफूलाई बलिउडबाट अफर आए पनि ती अफर ‘उत्साहजनक’ नरहेकाले तुरुन्तै ‘हुन्छ’ भन्न तयार नरहेको बताएका छन् ।

‘हिन्दी फिल्ममा काम गर्न तयार छु । तर एउटा राम्रो कथा चाहिएको छ । जब कुनै हिन्दी स्क्रिप्ट लिन्छु, एक प्रमुख कलाकारलाई सहायक कलाकारको भूमिकामा देखिन मन लाग्दैन । त्यसकारण एक नायकको रुपमा म जहिल्यै मुख्य भूमिकामै अभिनय गर्न चाहन्छु । निर्माताले पनि यो कुरा बुझ्नुपर्छ । मेरो सर्त नै राम्रो कथा हुनुपर्छ भन्ने हो,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ११ : १७ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने