विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच सम्झौता « Khabarhub

विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच सम्झौता


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्स (एनएसी) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सोमबार भएको यससम्बन्धी सम्झौतमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५-१० प्रतिशत छुट पाउनेछन् ।

सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको उकास्न सहयोग पुग्ने बताए । सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणजस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता व्यक्त गरे ।

एनएसीका क्याप्टेन विजय लामाले कुलमानबाट प्रभावित भएको भन्दै निगम सुधारका लागि समेत साथ दिन आग्रह गरे ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ५० बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने