माधवनारायणका बर्तालु शालिनदी फर्किए « Khabarhub

माधवनारायणका बर्तालु शालिनदी फर्किए


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साँखुस्थित शालिनदीमा माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले पहिलो चरणको तीन दिने तीर्थ यात्रा सम्पन्न गरी आज पूर्ववत् नित्यकर्म गरेका छन् ।

तीर्थयात्राका लागि सोमबार बिहान शालिनदीबाट हिँडेका बर्तालु बुधबार राति तीनदिने कार्यक्रम सम्पन्न गरी साँखु आएपछि आज बिहान शालिनदीमै स्नान गरी माधवनारायणको पूजाको तयारीमा लागेका छन् । बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी बर्तालुले पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए ।

माघ शुक्ल तृतीयाका दिन माघ २१ गते शुक्रबार बर्तालु दोस्रो चरणको तीर्थ यात्राका लागि पनौती जाने कार्यक्रम रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए । माघ २१ गते बर्तालुको बास पनौतीमै हुनेछ । बर्तालुले माघ २२ गते शनिबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरी इन्द्रेश्वरलगायत पनौती क्षेत्रका मन्दिरमा पूजा आराधना गर्ने कार्यक्रम छ ।

पनौतीमा यस वर्ष १२ वर्षे मेला पनि चलिरहेकाले विशेष पूजा आराधना हुने जनाइएको छ । माघ २२ गते दिउँसोको भोजन बनेपामा गरी बर्तालु साँखु फर्कने छन् । पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ । तेस्रो चरणको तीर्थयात्राका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन् । द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ ।

माधवनारायणका बर्तालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा गुल्टँदै सहस्रधाराको जलबाट स्नान गर्छन् । यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुले शालिनदी किनारमा बसेर खिर खाने परम्परा छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालिनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधव नारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनरायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गर्छन् । समापनको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालिनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज–अनुसन्धान गरिहरहनुभएका प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ३ : ४५ बजे

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले