जनमत पार्टीबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध « Khabarhub

जनमत पार्टीबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसका साथै अन्य प्रदेशका जिल्लाहरूमा ठाउँ–ठाउँमा चक्काजाम गरेका हुन् । उनीहरूले प्रदर्शन गर्नुका साथै सडक छेउमा टेन्ट राखेर बसेका छन् । झण्डै डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले माग पूरा नगरेपछि बाध्य भएर राजमार्ग बन्द गर्नु परेको उनीहरूले बताएका छन् ।

जनमत पार्टीका नेता बीपी साहका अनुसार पुस ९ गतेदेखि किसानहरूले विभिन्न चरणको विरोधका कार्यक्रमहरू गरिसकेका छन् । तर, हालसम्म पनि सरकारले सुनवाइ नगरेपछि बिहीबारबाट सडकमै बस्ने खाने गरी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो । अतिआवश्यक सवारी साधन चल्न दिने पनि जनमतले जनाएको छ ।

बिहीबारदेखि सुरु भएको चक्काजाम निरन्तर जारी रहने नेता साहले जानकारी दिए । हरेक दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म चक्काजाम गर्ने, त्यसपछि साँझ सडक छेउमा खडा गरिएको टेन्टमा खाना पकाउने, त्यही खाने र भोलिपल्ट फेरि चक्काजाम गर्ने आफूहरूको कार्यक्रम गरेको नेता साहले जानकारी दिए ।

सरकारले माग पूरा नगरेसम्म किसान आन्दोलन जारी रहनेसमेत उनले चेतावनी दिए ।

उनीहरूले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएका छन् । किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ३ : ०७ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी