पार्टी हितविपरीत काम गर्ने नेतालाई ‘रातो कार्ड’ « Khabarhub

पार्टी हितविपरीत काम गर्ने नेतालाई ‘रातो कार्ड’


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– माओवादी केन्द्र दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ । केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढीकरणमा लागेको माओवादीले मूल्यांकन पद्धतिको सुरुवात गरेको छ । पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको हो ।

पार्टीको दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई बिहीबार बसेको पार्टी नगर सचिवालय बैठकले ‘रातो कार्ड’दिएको अध्यक्ष रवि बस्नेतले जानकारी दिए । दमक–३ स्थित हंसेदुम्से सामुदायिक वनको चुनावमा पार्टीले गरेको गठबन्धनविरुद्ध कोषाध्यक्ष पदमा उम्मेदवारी दिएपछि दाहाललाई वाार्षिक कार्ययोजना मूल्यांकनको आधारमा ‘रातो कार्ड’ दिएको अध्यक्ष बस्नेतले बताए । यो माओवादी केन्द्र दमकको नयाँ अभ्यास हो । विगतमा मूल्यांकन पद्धति नहुँदा पार्टीमा अराजकता र निरासा बढेको अध्यक्ष बस्नेतको बुझाइ छ ।

उनलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत भएको उनले बताए । ‘उहाँले पार्टीको उम्मेदवारलाई असहयोग गर्नुभयो । उहाँको पार्टी सदस्यता किन खारेज नगर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ अध्यक्ष बस्नेतले भने । माओवादी केन्द्र दमकले प्रत्येक महिना र वार्षिक रूपमा वडाहरूको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने कार्ययोजना पास गरेको छ । पार्टी कमिटीमा आबद्धलाई कार्यप्रगतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेंलो र रातो कार्डको व्यवस्था गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ४ : ४५ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ