राखेप सदस्य सचिव नियुक्ति विवादको टुंगो लगाउन माग « Khabarhub

राखेप सदस्य सचिव नियुक्ति विवादको टुंगो लगाउन माग


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिसम्बन्धी विवादको टुंगो लगाउन दबाब दिन थालिएको छ । बिहीबार राखेप कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले सदस्य सचिव नियुक्तिसम्बन्धी विवाद अन्त्यको माग गर्दै ¥याली निकालेका हुन् ।

उनीहरूले विवाद टुंग्याउन युवा तथा खेलकुद मन्त्रालय र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्राङ्गणबाट निकालेको ¥याली दशरथ रङ्गशाला पुगेर समापन भएको थियो ।

सदस्य सचिव नियुक्तिसम्बन्धी विवादको मुद्दा लामो समयदेखि सर्वाेच्च अदालतमा बिचाराधीन छ । जसले गर्दा खेलकुदका गतिविधिहरू सञ्चलानमा कठिनाइ हुँदै आएको छ ।

कर्मचारीहरूले दुई महिनादेखि तलबसमेत पाएका छैनन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ६ : ३३ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय