आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली पराजित « Khabarhub

आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली पराजित


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ।

गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।
१ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो।

दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा ७ चौका प्रहार गरे।

गुजरातको जितमा लोक्की फर्गुसनले ४ विकट लिँदा मोहमद शामीले २, राशिद खान र हार्दिक पाण्डेयाले समान १–१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। गुजरातका लागि शुभम गिलले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। उनले ६ बलमा ६ चौका र ४ छ्क्का प्रहार गरेका थिए। हार्दिक पाण्डेयले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन्।

दिल्लीका मुस्ताफिजुर रहमानले ३ तथा खलिल अहमदले २ विकेट लिए। यो जितसँगै गेजरात ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। दिल्लीको २ अंक छ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ०३ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै