आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली पराजित « Khabarhub

आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली पराजित


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ।

गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।
१ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो।

दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा ७ चौका प्रहार गरे।

गुजरातको जितमा लोक्की फर्गुसनले ४ विकट लिँदा मोहमद शामीले २, राशिद खान र हार्दिक पाण्डेयाले समान १–१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। गुजरातका लागि शुभम गिलले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। उनले ६ बलमा ६ चौका र ४ छ्क्का प्रहार गरेका थिए। हार्दिक पाण्डेयले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन्।

दिल्लीका मुस्ताफिजुर रहमानले ३ तथा खलिल अहमदले २ विकेट लिए। यो जितसँगै गेजरात ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। दिल्लीको २ अंक छ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ०३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु