कमल सिंह ऐरीको शल्यक्रिया सम्पन्न « Khabarhub

कमल सिंह ऐरीको शल्यक्रिया सम्पन्न


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर कमल सिंह ऐरीको शल्यक्रिया सम्पन्न भएको छ ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलको बायाँ हातको शल्यक्रिया आज बिहान नेपाल राष्ट्रिय अस्पतालमा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

शल्यक्रिया डा. निरज केसी र डा. निराजन सुवेदीले ‘ओपन रिडक्सन लक्ड प्लेटिङ’ विधिको प्रयोग गरेको क्यानले जनाएको छ । यस्ता शल्यक्रियापश्चात् हड्डीलाई रिकभर हुन करिब ६ हप्ता लाग्ने बताइएको छ । फिजियो टोली र प्रशिक्षकले डाक्टरसँग परामर्श लिँदै कमललाई विशेष रेखदेखमा राखेका छन् ।

हिजो भएको खेलमा फिल्डिङका क्रममा कमलको बाँया हातमा समस्या देखिएको थियो । खेलको १७ ओभरमा ऐनोल हफिजको शट बचाउ गर्ने क्रममा घाइते भएका कमललाई तुरुन्तै अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ०३ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको