कमल सिंह ऐरीको शल्यक्रिया सम्पन्न « Khabarhub

कमल सिंह ऐरीको शल्यक्रिया सम्पन्न


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर कमल सिंह ऐरीको शल्यक्रिया सम्पन्न भएको छ ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलको बायाँ हातको शल्यक्रिया आज बिहान नेपाल राष्ट्रिय अस्पतालमा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

शल्यक्रिया डा. निरज केसी र डा. निराजन सुवेदीले ‘ओपन रिडक्सन लक्ड प्लेटिङ’ विधिको प्रयोग गरेको क्यानले जनाएको छ । यस्ता शल्यक्रियापश्चात् हड्डीलाई रिकभर हुन करिब ६ हप्ता लाग्ने बताइएको छ । फिजियो टोली र प्रशिक्षकले डाक्टरसँग परामर्श लिँदै कमललाई विशेष रेखदेखमा राखेका छन् ।

हिजो भएको खेलमा फिल्डिङका क्रममा कमलको बाँया हातमा समस्या देखिएको थियो । खेलको १७ ओभरमा ऐनोल हफिजको शट बचाउ गर्ने क्रममा घाइते भएका कमललाई तुरुन्तै अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ०३ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा