भोलिदेखि अन्तरकलेज बास्केटबल प्रतियोगिता हुने | Khabarhub Khabarhub

भोलिदेखि अन्तरकलेज बास्केटबल प्रतियोगिता हुने


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुरुषमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’ मा केसीएम, सायम (एसएआईएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटीएचएम) र किस्ट रहेका छन् ।

महिलाको स्पर्धा राउन्ड रोविन लिगका आधारमा हुने छ । राउन्ड रोविनमा शीर्ष २ स्थान हान पर्ने टोली फाइनलमा प्रवेश गर्ने छन् । सहभागी टिमहरूमा क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायम छन् ।

पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्ने छन् । महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदसहित गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने क्वेस्टका एसोसिएट डाइरेक्टर आदर्श जोशीले जानकारी दिए । प्रायोजकमा कोकाकोला, सर्भा ट्राभल्स, ओम शान्ति टेलर्स र सम्पूर्ण प्रेस रहेका छन् ।

बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइने छ । स्व. नारायणप्रसाद श्रेष्ठ क्वेस्टका संस्थापक निर्देशक थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ९ : २८ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न