लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र सञ्चालन | Khabarhub Khabarhub

लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र सञ्चालन


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ सदरमुकाम बेसीशहरमा प्राकृतिक उपचार केन्द्र सञ्चालन भएको छ । मर्स्याङदी–४ ताघ्रिङका सुमन गुरुङले बेसीशहर–८ स्थित सेराकुनामा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र सञ्चालन गरेका हुन् ।

रेकी उपचारको मद्दतले तनाव कम गर्नुका साथै शरीर शान्त पार्न सकिने उपचार केन्द्र सञ्चालक सुमन गुरुङले बताए । विशेष गरी डिप्रेसन, माइग्रेसन तथा शारीरिक समस्या भएका व्यक्तिको रेकी पद्धतिबाट उपचार गरिने गुरुङको भनाइ छ ।

सो बाहेक धूम्रपान, मद्यपान एवं विभिन्न कुलतबाट छुटकारा पाउन, डर, चिन्ता, तनावबाट मुक्त भई सकारात्मक सोचको विकास गर्न, आत्मबल बढाउन, शारीरिक तौल घटाउन रेकी अभ्यास गरिने सञ्चालक गुरुङले बताए । बालबालिकालाई मोबाइलको लतबाट छुटकारा दिलाउन पनि रेकी पद्धति उत्तम हुने गुरुङको भनाइ छ ।

प्राकृतिक उपचार तथा रेकी एक जापानी पद्धति हो । रेकी विशेषज्ञका अनुसार यस प्रक्रियाबाट विशेष उर्जा शरीरभित्र संचार गराउन सकिन्छ । यसले शारीरिक, मानसिक, भावनात्मक एवं आध्यात्मिक रुपमा शान्त र आनन्दित तुल्याउँछ । चिन्ता, तनाव, डिप्रेसन नियन्त्रण गर्न सहयोग गर्छ । यसैगरी हृदय रोग, बाँझोपन, क्रोन रोग आदिमा समेत रेकी लाभदायक हुने विशेषज्ञको भनाइ छ ।

बेसीशहरमा सञ्चालित सो प्राकृतिक उपचार केन्द्रमा प्रत्येक बिहान समूहगत रुपमा उपचार गरिने सञ्चालकले बताएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ७ : ०८ बजे

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही