बाढीले बगाएको  १६ हेक्टर खेतको कुलो निर्माण  « Khabarhub

बाढीले बगाएको  १६ हेक्टर खेतको कुलो निर्माण 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तातोपानी गाउँपालिका १ मा रहेको रानी ज्यूलोमा कुलो निर्माण  गरिएको छ ।  बढीले रानी कुलो बगाएपछि खेतियोग्य जमिन सिँचाइको लागि रानीकुलो निर्माण गरिएको हो । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानि ज्यूलो सहित तातोपानीको ग्रिरीखोला र  तिला गाउँपालिकामा भेरीखोलाको बाढीले  अधिकांश सिचाइ कुलो बगाएको थियो । जुम्लामा धेरै सिँचाइ कुलाहरु बगेर जानुका साथै  खेतियोग्य जमिनमा सिँचाइको लागि समस्या भएको थियो । तर जुम्लाको पहिचानको रुपमा रहेको कालिमार्सी धान रोप्ने समय आएकाले  कृषि विकास कार्यलयले केही कुलो निर्माण गरेर रोपाइ सुचारु समेत भएको छ । 

त्यस्तै तातोपानी १ अन्तरगत पर्ने रानि ज्यूलोको कुलो बाढिले बगाएको स्थानको आरसिसि गरेपछि सञ्चालनमा आएको छ । कृषि विकास कार्यालयले ७ लाख र स्थानीयको एक लाख श्रमदानमा उक्त कुलो बाढीले निर्माण गरिएको कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने, बाढीले बगाएको स्थानमा ४१ मिटर आरसिसि र अन्य काम गरेपछि पानी ल्याएर रोपाई भएको छ । प्रमुख अधिकारीले ,विपतले बगाएको रानि ज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याबिन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ । उनले भने,‘कुलो पुरै आरसिसि तथा बाँध निर्माण गर्न ठूलो योजना आबश्यक भएको छ । उनका अनुसार त्यो स्थानमा बर्खायाममा नदिले अझै कटान गर्न सक्ने भएकाले धेरै ग्याविन सहित अन्य थप निर्माण आवश्यक रहेको छ ।

त्यस्तै रानिज्यूलोमा करिब, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताए । उनले बिपतले धान रोप्न नपाईने होकि भन्ने चिन्ता थियो । यस पटक किसानका लागी राहत भएको छ । जेनतेनपानी रोपाइका लमागी पनी पुर्‍याउन कृषि विकास कार्यालयको कार्यक्रमले सहयोग गरेको छ । उनका अनुसार अव यो बर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले फेरी बगाउछ की भन्ने डर उत्तिकै छ ।

यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले बाढीले बगाएको तातोपानी १ कै वाईराकाको १०० मिटर कुलो पुननिर्माणका लागि काम भइरहेको छ । कृषि विकास कार्यालयका सबइन्जिनियर महेश बुढ्थापाले तिला गाउँपालिका ४ नुवाकोटमा पनि बाढीले बगाएको  वालुदेखि चौसिला आरसिसि १२३ मिटर कुलो आरसिसि निर्माण भएको बताए । उनले भने,‘ सो कुलो धेरै बनाउनु पर्ने आवश्यक रहेको छ । उनका अनुसार बाढीले जुम्लाका सिचाई योजना तथा आरसिसि कुलो ६० वटा भन्दा बढी स्थानमा निर्माण भइरहेका छन् । 

त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइँले रानी ज्यूलोमा रहेको कुलोको  अवस्थाको अवलोकन गरेका छन । उनले  कुलोलाई बलियो नबनाएमा बर्खाको पानीले समस्या पार्ने भएकाले बलियो बनाउन आवश्यक रहेको बताए  ।  त्यस्तै वडा नम्बर दुईका अध्यक्ष चन्द्रमान बुढाले तत्कालको आरसिसि कामले रोपाइ हुने भएको बताए । उनले  कृषि विकास कार्यालयलाई आभार व्यक्त गरे ।  २०७८ साल कात्तिकमा आएको बाढीले धेरै तातोपानी र तिलाका मार्सीधान रोप्ने खेत सहित  कुलाहरु बगाएको थियो । कृषि क्षेत्रमा ठूलो क्षति पुगेको समयमै कृषि विकास कार्यालयले मलम लगाउन  शुरु गरेको भन्दै किसान खुशी भएका छन् । 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ७ : १७ बजे

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक