जुम्लाका नापी र मालपोत कार्यालय छैनन् ज्येष्ठ नागरिक र अपांङतामैत्री « Khabarhub

जुम्लाका नापी र मालपोत कार्यालय छैनन् ज्येष्ठ नागरिक र अपांङतामैत्री


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको मालपोत र नापी कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता  मैत्री नभएको पाइएको छ ।

सबैभन्दा  बढी  जेष्ठ नागरिक सेवा लिन जाने कार्यलय मध्यको पहिलो कार्यलय हो । तर त्यहि कार्यलय जेष्ठ नागरिक र अपाङ्गता  मैत्री  नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ । जुम्लाको सदरमुकाम खलंगा बजार समुद्री सतह देखि दुई हजार ५१४ मिटर उचाइमा रहेको छ  ।  त्यस भन्दा मालपोत कार्यलय जुम्ला करिब २०० मिटर उचाईमा पर्दछ ।

त्यहाँ सेवा लिन जाने सबै सेवाग्रहीले उकालो बाटो चढ्नुपर्दछ । जग्गा कारोवार हुने भएकोले सेवाग्रहीहरुमा ज्येष्ठ नागरिकहरुले अनिवार्य मालपोत कार्यालय पुग्नै पर्ने बाध्यता  छ । तर दम तथा श्वासप्रश्वासका समस्या भएका रोगी नागरिकहरुले त्यहाँ पुग्न निकै सास्ती भोग्नु परेको बताउदै आएका छन्।

मालपोत पुग्न असहज भएपछि ज्येष्ठ नागरिक, दमका रोगी तथा अपाङ्गता भएका व्यक्तिहरुले सेवालाई सहज र सुगम बनाउन अनुरोध समते गरेका छन् । जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले मालपोत कार्यालय जुम्ला आफ्ना लागि निकै कष्टकर भएको बताए ।

“प्रशासन कार्यालय, राजनीतिक र नागरिक समाज लगायतका सरोकारवाला निकायले मालपोत कार्यालय सहज बनाउन धेरै पटक पहल गर्‍यौं तर आजसम्म हाम्रो पीडा कसैले सुनुवाई गरेन, अध्यक्ष भारतीले भने ,‘तत्कालीन् जिल्ला विकास समिति र महिला विकास कार्यालयमा मालपोत र नापी सारिदिएको भए हामीलाई सहज हुने थियो ।, उनले थपे” आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यत्तिमैत्री नभएको दुखेसो पोखे ।

त्यस्तै अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्ला अध्यक्ष नन्दराज धितालले मालपोत तथा नापी दुवै कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यत्तिमैत्री नहुँदा ठूलो दुःख भोग्नुपरेको बताए । “ अरु सबै सरकारी कार्यालय सदरमुकाम खलंगा बजारमा केन्द्रित छन् ।

तर मालपोत कार्यालय अवैज्ञानिक स्थानमा राखिएको छ । त्यसलाई तल सार्न जरुरी छ,”अध्यक्ष धितालले भने । यता जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र रोकायले कार्यालयको भौतिक संरचना र सेवा प्रवाह राम्रै भएपनि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई त्यहाँ पुग्न निकै असहज भएको बताए  ।

धितालले भने अब मालपोत विभागको परिपत्र अनुसार तत्कालीन सिंजा क्षेत्रका ११ गाविसलाई सेवा पुग्ने मालपोतको शाखा सिंजा गाउँपालिकामा राख्ने पहल सांसद गजेन्द्र महतले गर्नु भएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता राखेर सेवा दिएको बताउँदै निमित्त कार्यालय प्रमुख रोकायले जनप्रतिनिधिहरुद्वारा पहल भए कार्यालय उपयुक्त ठाउँमा सार्न सकिने निमित्त कार्यालय प्रमुख रोकायको भनाई छ ।

त्यस्तै  चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको समस्यालाई मध्यनजर गरी मालपोत कार्यालय तल सार्न पहल गरिरहेको बताए   ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ८ : १७ बजे

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका

तीन सहकारीलाई अनुदानमा कृषि सामग्री

तनहु– गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले