सुर्खेतको गुर्भाकोटमा सेनाद्वारा विद्यालय भवन हस्तान्तरण « Khabarhub

सुर्खेतको गुर्भाकोटमा सेनाद्वारा विद्यालय भवन हस्तान्तरण


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत : नेपाली सेनाले गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरस्थित जन संयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरद्वारा निर्मित विद्यालय भवन आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

सेनाको रु २८ लाख ९१ हजार तथा बाँकी रकम नगरपालिका लगायतले बेहोरेपछि चार कोठे भवन निर्माण भएको हो । विसं २०५२ मा स्थापना भएको विद्यालय कमजोर भौतिक पूर्वाधारकै कारण मर्ज हुने अवस्थामा पुगेको थियो । विद्यालयको कमजोर भौतिक अवस्था र शिक्षकले पारिश्रमिक नलिएरै पढाइरहेको विषयमा दुई वर्षअघि विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि सेनाले भवन निर्माणमा चासो दिएको हो ।

सेनाको पश्चिम कमाण्ड सेनापति उपरथी पे्रम शाहीले विकास निर्माणमा सेनाको सहयोगले नागरिक र सेनाबीचको सम्बन्धलाई फराकिलो हुने बताए । उनले सेनाको सानो प्रयासले विद्यालयका कलिला बाल–बालिकाको मस्तिष्कमा नेपाली सेनाप्रति सकारात्मक सोच विकास हुने विश्वास व्यक्त गरे ।

सुरुमा एकतले भवन निर्माण गरेको सेनालाई स्थानीयले दोस्रो तला थपिदिन आग्रह गरेका थिए । भवन निर्माणमा कालीबक्स गणका इञ्जिनीयर र कालीगढ खटिएका थिए । गणबाट खटिएका ३५ विभिन्न दर्जाका प्राविधिकहरुले ११५ दिनमा भवन निर्माण सम्पन्न गरेका हुन् ।

निर्माण पूरा भएपछि पश्चिम कमाण्ड सेनापति शाहीले गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरे । नगरप्रमुख पुनले देशको सुरक्षा गर्ने जिम्मा लिएको सेनाले गरेको सामाजिक कार्यले जनतामा सकारात्मक सन्देश प्रवाह भएको धारणा राखे ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : १३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था