मैले जे देखेँ त्यही बोल्छु। कुनै तथ्याङकमा पेस भएर वा डकुमेन्टमा पढेर म बोल्दिन्न। मनमा लागेका, देखेका कुराहरु बोल्न पाउँदा एकदम खुशी लागेको छ।
मैले कान्तिपुरकमा माइग्रेसनमा रिर्पोटिङ गर्न लागेको ९ वर्ष भयो। सन् २००९ देखि म यो कार्यमा लागेको हुँ। सन् २०१२ देखि बाहिर क्षेत्रमा रिर्पोटिङ गर्न पहिलो चोटी कतार गएँ।
सुरुमा कतार पुग्दा जुलाई महिना थियो। त्यो बेलामा तापक्रम ५० डिग्रीको थियो। बसेको कोठाबाट बाहिर निस्किँदा पाँच मिनेट पनि त्यहाँ बस्न सकिन। एकदमै धेरै तातो। त्यस्तो ठाउँमा बस्न धेरै गाह्रो भयो। फेरि म ब्याक रुममा गएँ।
अनि मलाई के लाग्यो भने त्यो ठाउँमा कामै गर्न सक्दिन्न कि क्या हो। यस्तो तातो छ। कसरी टिक्न सकिन्छ ? अनि मलाई त्यो ठाउँबाट बाहिर निस्किनै झन्डै झन्डै चार देखि पाँच दिनसम्म लाग्यो।
एकछिन निस्किन्छु सोच्ने तर निस्कनै नसक्ने। फेरि रुमतर्फ ब्याक हुने। अनि मलाई के लाग्यो भने यसरी बाहिर निस्किन त मलाई एकदम गाह्रो छ। म पनि मानव हो। जुन बाहिर घाममा काम गरिराखेका मान्छेहरुले कसरी सकिराखेको होला ? के ले त्यो शक्ति दिन्छ भन्ने चाँहि मनमा कौतुहलता, उत्सुकता हुन थाल्यो।
मैले पनि पछि गएर त्यहाँ एडजस्ट गर्न थाले। अनि उहाँहरुलाई सोधे, ‘तपाईंहरु यस्तो तापक्रममा कसरी काम गर्न सक्नु भएको छ ?’, जवाफमा उहाँहरुले बाध्यता भएपछि सकिँदो रहेछ भन्ने प्रतिक्रिया दिनुभयो।
एकले अर्कालाई हेर्ने अनि टिकेर काम गर्ने रणनीति जस्तै बन्दो रहेछ। एउटाले सक्नुहुन्छ भने म अर्कोले पनि सक्छु भनेर एकअर्कामा प्रतिष्पर्धा गरेरै काम गर्नुहुँदो रहेछ। अनि हाम्रो त स्पेशल जेसिबिमा काम गर्नेको मुख्य काम त बाहिर नै काम गर्ने नै हो। मुख्य कन्डक्सरमै काम गर्ने हो। त्यो हेर्दा खेरी जुन काम गर्ने तरिका छ, एकदमै जोखिमयुक्त हुन्छ।
जस्तो डा«इभिङ सेक्टरकै कुरा गर्दा तीव्र गतिमा कहाँ कति चाँहि दुर्घटना हुन्छ ? को मान्छेको चाहिँ मृत्यृ हुने हो भन्ने थाहा नै नहुने। हाम्रो डाटाले पनि त्यही भन्छ, सम्पूर्ण केसमा २० प्रतिशत केस चाँहि दूर्घटनाकै हुन्छन्। जब काम गरेर क्याम्प फर्केपछि त्यो क्याम्पको अवस्था हेर्दा झन् विरक्त लाग्ने थियो।
एउटै कोठामा ८ देखि १० जना राखेको छ। ट्वाइलेट, बाथरुम, किचेन सफा राखेको छैन। कोठा भित्रको त्यो बेडको ठाउँ छ, त्यही नै स्पेस भयो। आफ्नो परिवारसँग फोनमा कुरा गर्नु पर्दा बाहिर निस्केर गर्ने अवस्था हुन्छ।
दिनभरी काम गरेर थाकेको हुन्छ। मज्जाले गीत सुनौँ भन्दा पनि मिल्दैन। भोलि बिहान उठ्न सकिने हो कि होइन, ४७ प्रतिशत केस त हर्टअट्याककै कारणले मृत्यृ हुन्छ। मेडिकल्ली हिसाबले यसलाई विभिन्न नाम दिएको छ। कसैले ट्रड एडिस, सडेन डेथ भन्छ। बेडमा एकदमै राम्रो सुत्छ, भोलि बिहान ड्युटी जानलाई उठाउँदा सुतेको सुत्यै भएको हुन्छ।
बिहान उठेपछि बेलुका फर्किने अवस्था हुँदैन। जब बेलुका क्याम्पमा आयो। भोलि बिहान उठ्न पाउने हो, होइन। यो मानसिकतामा मजदुरले त्यो काम गरेको पाइयो। एउटा पाटो यस्तो छ।
अर्को पाटो चाहिँ नेपाली मजदूर अत्याधिक श्रम शोषणमा छन्। जुन किसिमको काम गर्छौ, बिहानको चार बजेदेखि बेलुका ७ बजेसम्म कार्यस्थलमा हुन्छौँ। अनि त्यसपछि पैसा चाहिँ कति भन्दा सामान्यतया तल्लो तहको मान्छेले कमाउने भनेको ३० देखि ४० हजार रुपैयाँ मात्र हो।
त्यति पैसाको लागि कति ठूलो जोखिम छ। यो पैसा चाँहि किन सधै बढेन ? किन बार्गेनिङ भएन भन्ने कुरा आफ्नो सरकारलाई हामीले सोध्न सकेका छैनौं। उताको सरकारले अहिले न्युनतम तलब तोकिदियो। जुन साउदी, कतार, कुबेत, बहराइन एउटा खालको स्टान्डर्ड छ, कम्पनी र कामदारको जे सम्झौता हुन्छ भनिएको छ। तर, किन चाँहि तलब बढाउदैन भन्दा त्यहा पनि विभिन्न देशका कम्पनीहरु, लगानीकर्ताहरु आएका छन्।
ती आइसकेपछि आफ्नो काममा प्रतिष्पर्धा गरका हुन्छन्। प्रतिष्पर्धा गर्दा जसले तल ‘लो बिड’ राख्यो त्यही अनुसार ठेक्का परेपछि हाम्रो तलब कम हुनेभयो। यो हिसाबले हाम्रो सरकारलाई इन्टरनल एजेन्सीले कहिले पनि तलबको विषयमा कुरा गर्दैन्।
उनीहरुले कामदारको कुरा गर्छन्। जबसम्म हाम्रो देशको तहबाट देशले तलबको कुरामा बार्गेनिङ गर्न सक्दैन भने जति पनि नेपालको चुनौती हो, बाह्य एजेन्सीले बोलिरहेको हुन्छ।
विदेशका मान्छेहरु के भन्छ भन्दा नेपालीलाई रोक्नै सकिँदैन। किन भन्दा अरु देशको जस्तो बाङगलादेश, भारत, पाकिस्तान आउँदा एकचोटी छिरेपछि निस्किदैनन्। तर, नेपाली आएपछि २ वर्ष पनि रोक्न सकिँदैन। म कतार जान्छु, मैले त्यहाँ सोचे जस्तो भएन भने फर्केर फेरि साउदी जान्छु।
एउटा खाडी क्षेत्र पनि यति सजिलो रहेछ कि हाम्रो लागि सबै देशमा सुरक्षा थ्रेट रहेनछ। अरु देशको अपराध सुरक्षा हेर्दा हाम्रो देशको अपराध सुरक्षा एकदम कम छ। अनि अर्को कुरा धार्मिक हिसाबले पनि सहि सुलभता छ।
जस्तै कतै मुस्लिम समुदायको र हिन्दू बस्यो भने मुस्लिम समुदायकोलाई केही अप्ठेरो हुन्छ।। तर, त्यसमा चाँहि हाम्रो सामाजिक समस्या पनि नहुने भइसकेपछि सबै कम्पनीको पहिलो टार्गेट चाँहिँ नेपाली ल्यायो भने धेरै खालको समस्या नहुने हुन्छ।
अनि यति भनी सकेपछि अलिकति हामीलाई चाँहि त्यो खालको अवसर रहेछ भन्ने कुरा थाहा हुन्छ। यसका अरु धेरै पाटा छन्। धेरै आयाम छन्। जसमाथि अझै धेरै बहस, छलफल र परामर्श आवश्यक छ।
प्रस्तुति : मौसमी राना
https://www.facebook.com/khabarhubofficial/videos/556196922616477
प्रतिक्रिया