राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड « Khabarhub

राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरूले प्रधानमन्त्री कार्यालयमा भन्दा गृह मातहत राख्दा अनुसन्धान विभागको काम प्रभावकारी हुने बताएका हुन् ।

छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले गृह मन्त्रालयबाट नै सुरक्षा निकायको व्यावसायिकताको बुझाइमा प्रभावकारी हुने हुने भएकाले अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउनुपर्ने बताए। अनुसन्धान विभागमा योग्य व्यक्ति ल्याउनका लागि लोक सेवा मार्फत भर्ना लिन उचित हुने उनको भनाइ छ ।

त्यस्तै सांसद गगन कुमार थापाले यसअघि विशेष उद्देश्यका साथ अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखे पनि विभागलाई उचित ढङ्गले सञ्चालन गर्ने क्षमता गृह मन्त्रालयसँग मात्रै रहेको बताए। व्यक्तिको गोपनीयतालाई ख्याल गर्दै अनुसन्धानका लागि सूचना संकलनका लागि अदालतसँग अनुमति माग्नुपर्ने प्रावधानलाई राख्नुपर्ने उनको भनाइ छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथिको छलफलका क्रममा आएका संशोधन र सुझावहरूलाई आवश्यकता अनुसार कानूनमा राखिने बताए। उनले सुरक्षाका विषयका कानूनहरुलाई छिटो छलफल गरेर पारित गर्न आग्रह पनि गरे।

यसअघि साउन १३ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : ३९ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक