पाकिस्तानमा अवैध रुपमा बसोबास गरिरहेका अफगान आप्रवासीद्वारा युवाको गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा अवैध रुपमा बसोबास गरिरहेका अफगान आप्रवासीद्वारा युवाको गोली हानी हत्या


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा अवैध रुपमा बसोबास गरिरहेका अफगान नागरिकले एकजना युवाको हत्या गरेका छन् । पाकिस्तानको हैदरावाद सहरमा अवैध रुपमा बसोबास गरिरहेका अफगान नागरिकहरुले एकजना सिन्धी युवाको हत्या गरेका हुन् । हत्या हुनेमा बिलाल काका रहेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार रेस्टुरेन्टमा खाना खाने क्रममा विवाद भएपछि बन्दुकधारीले गोली प्रहार गरी काकाको हत्या गरेका हुन् ।

खाना खाएर पैसा तिर्ने बेला झगडा परेपछि अवैध रुपमा पाकिस्तानमा बसोबास गरिरहका रेस्टुरेन्ट सञ्चालक अफगान नागरिकले काका र उनका साथीहरुमाथि गोली चलाएका हुन् ।

आक्रमणका क्रममा काकाको मृत्यु भएको र उनका दुई साथीहरु घाइते भएको डेली पाकिस्तानले जनाएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानमा रहेका अफगान नागरिकहरु अवैध लागूऔषध कारोबार एवम् सम्पत्ति शुद्धिकरणजस्ता अपराधिक घटनामा संलग्न रहँदै आएका छन् ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : २१ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका