‘नेपालीलाई जापानमा रोजगारी’को विषयमा छलफल गर्न संयुक्त बैठक बस्दै | Khabarhub Khabarhub

‘नेपालीलाई जापानमा रोजगारी’को विषयमा छलफल गर्न संयुक्त बैठक बस्दै


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले बिहीबार संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।

काठमाडौँमा बस्ने सो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् । जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा बृहत् छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने उनले बताए। संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो । पहिलो बैठकको सहमतिअनुसार जापानमा केयरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेन्टमा करिब ८५० नेपालीले रोजगारी प्राप्त गरेका छन् ।

सन् २०१९ मा नेपाल र जापानबीच ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लु( प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी श्रम समझदारी भएको थियो । सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : ३० बजे

विरोधीसँग घाँटी जोडेर दुनो सोझ्‍याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक

अर्थसंक्षेप : यामाहा मोटरसाइकल किनेका ग्राहकलाई सास्ती, तीन लाख ९३ हजार क्षतिपूर्ति, रेजर ब्लेडको अनौठो व्यापार र ५ अंकले बढ्यो नेप्से 

गड्डाचौकी भन्सारबाट निर्यात शून्य कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य

लाखे प्याखँको नगर परिक्रमा (तस्बिरहरू)

काठमाडौं– लायकू मिप्वा: लाखे पुच: द्वारा सञ्चालन हुँदै आइरहेको सांस्कृतिक

बिहे गरेकी छोरीले अंश पाउने कि नपाउने, के भन्छ अदालत ?

काठमाडौँ – सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले विवाह गरेकी छोरीको

जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस्

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म