प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण « Khabarhub

प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो ।

मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका छन् । आसपासमा चरण क्षेत्र भएकोले यहाँ गाईबस्तु मन्दिरभित्र पस्ने गरेको स्थानीयबासीको भनाइ छ ।

ऐतिहासिक मन्दिर रहेकोले यसको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीय नूरी शेर्पाले बताए । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने उनको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ ।

‘यो एउटा पवित्र धार्मिक तथा पर्यटकीयस्थल हो’, शेर्पाले भने, ‘तर यहाँ बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । संरक्षणमा दिन ध्यान आवश्यक छ । यहाँको महत्वलाई सबै माझ बुझाउन सके धेरै पर्यटकलाई भित्रयाउन सकिन्छ ।’

यहाँ लाग्ने मेलामा भोजपुर, खोटाङ, धनकुटा, संखुवासभाबाट मानिस आउँछन् । यो क्षेत्र भएर नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग विस्तार भएको छ ।

मन्दिरको नजिकै परेवा उडाउने तथा बली पूजा गर्ने ठाउँ छ । केही समयसम्म यहाँ जोगी बस्ने गरेका थिए । भाकल पूरा गर्न यहाँ परेवा लगेर उडाउने प्रचलन छ । यस क्षेत्रको दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ वालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्छ । मानिस यहाँ सदविज छर्न पुग्छन्।

यहाँ लाग्ने मेलामा भोजपुर, खोटाङ, धनकुटा, संखुवासभाबाट मानिस आउँछन् । यहाँको मन्दिरमा सल्लाको काठ फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानी चुहिँने गरेको छ । टिनको छानो लगाएर मन्दिर परिसरलाई तारको घेराबारा गर्नुपर्ने स्थानीयबासी बताउँछन् ।

मन्दिरको संरक्षणको लागि काम गर्ने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र भएकोले यस क्षेत्रको विकासमा ध्यान दिने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए।

केही दूरी पर खोटाङको सिमना रहेकोले त्यहाँका स्थानीय तहसँग छलफल गरेर योजनावद्धरुपमा काम गर्ने उनको भनाइ छ । ‘मन्दिरको संरक्षणको लागि काम गर्छौँ’, अध्यक्ष बस्नेतले भने, ‘यो ठाउँ स्थानीयको धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय क्षेत्र पनि हो । यसको बृहत्तर विकास गर्न सिमाना जोडिएका खोटाङका स्थानीय तहसँग पनि समन्वय गर्ने सोच छ ।’

मन्दिर रहेको स्थानबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्से लगायत आठ हजार मिटर अग्ला छ ओटा र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ।

यो क्षेत्र भएर नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग विस्तार भएको छ । मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ ।

प्राकृतिक सौन्दर्यता नियाल्ल साथै धार्मिक दर्शनको लागि अहिले मानिस दैनिक जसो आउने गरेको टेम्के डाँडाका गणेश विष्टले बताए । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकोले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ । ‘मन्दिर संरक्षण हुन सकेको छैन’, विष्टले भने, ‘खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेको जस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिरको संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको श्रोत बन्न सक्छ ।’

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : २३ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ